Logo

२०८३, श्रावण २७गते


images
images

कक्षा १२ को परिक्षाफल : ग्रीनप्लान्टको नतिजा ६६.२२ प्रतिशत, अधिकारीले ल्याए ३.७६ जिपिए

कक्षा १२ को परिक्षाफल : ग्रीनप्लान्टको नतिजा ६६.२२ प्रतिशत, अधिकारीले ल्याए ३.७६ जिपिए

images
  • कक्षा १२ को परिक्षाफल : ग्रीनप्लान्टको नतिजा ६६.२२ प्रतिशत, अधिकारीले ल्याए ३.७६ जिपिए
    images
    images

     देवदह । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको यस बर्षको कक्षा १२ को परीक्षामा ग्रीनप्लान्ट आवासिय मावि देवदहले ६६.२२ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । १४८ जना विद्यार्थी परिक्षामा सहभागी गराएको ग्रीनप्लान्टले ९८ विद्यार्थी उत्तिर्ण भएको प्रधानाध्यापक राजीव सापकोटाले जानकारी दिए ।
     
    परिक्षामा सहभागी भएका विद्यार्थी मध्ये ग्रीनप्लान्टका छात्र भुवन अधिकारीले सर्वाधिक ३.७६ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    यसबर्षको कक्षा १२ को परिक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् ।

    images
    images
    images

    त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् ।

    images
    images
    images

    कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । 

    गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रीनप्लान्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।