Logo

२०८३, श्रावण २७गते


images
images

क्लव गतिविधि

जिम्मेवारी बाँड्दै लायन्स क्लब अफ देवदहले गर्‍यो वार्षिक कार्यक्रम सार्वजनिक

जिम्मेवारी बाँड्दै लायन्स क्लब अफ देवदहले गर्‍यो वार्षिक कार्यक्रम सार्वजनिक

images
  • जिम्मेवारी बाँड्दै लायन्स क्लब अफ देवदहले गर्‍यो वार्षिक कार्यक्रम सार्वजनिक
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदहले लायन वर्ष २०२६÷२७ का लागि सञ्चालन गर्ने सामाजिक तथा सेवामूलक कार्यक्रमको जिम्मेवारी बाँडफाँड गरेको छ । 
    क्लबको प्रथम बोर्ड बैठकले वार्षिक कार्ययोजना तथा सेवा कार्यक्रम अनुमोदन गर्नुका साथै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य, महिला सशक्तीकरण, युवा विकास र डिजिटल साक्षरतालगायतका कार्यक्रम सञ्चालनका लागि संयोजक तोकेको हो ।

    images
    images
    images

    बैठकले मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको संयोजकमा राजीव सापकोटा, देवदह कप खेलकुद तथा एकेडेमी कार्यक्रम, लियो क्लब पुनर्जीवन अभियान तथा एआई एवम् डिजिटल साक्षरता कार्यक्रमको संयोजकमा गणेश क्षेत्री, आँखा शिविरमा विष्णु ज्ञवाली, रक्तदान कार्यक्रममा पवन पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी बोर्ड बैठकले स्वास्थ्य सेवा कार्यक्रममा जसबहादुर पुन, वातावरण संरक्षण कार्यक्रममा हिरालाल कंडेल, फेलोसिप तथा सदस्य सम्बन्ध विस्तार कार्यक्रममा शंकर सुवेदी, महिला सशक्तीकरण कार्यक्रममा अञ्जु ओली तथा एलएलए अभियानमा विनोद थापालाई जिम्मेवारी दिएको छ ।

    images
    images
    images

    बैठक मार्फत लायन्स अन्तर्राष्ट्रिय अभियानअनुसार समुदायको आवश्यकता केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै प्रत्येक संयोजकलाई कार्यक्रमको विस्तृत कार्ययोजना तयार गरी प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरिएको छ । बैठकले सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासका अभियानलाई यसवर्ष पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images

    बैठक अघि बिहान स्थानीय समुदायको सहभागितामा देवदह-५, बैकुण्ठनगर स्थित क्लब कार्यालय परिसरमा सरसफाइ गरिएको थियो । सरसफाइ कार्यक्रमको संयोजन क्लवका पूर्व अध्यक्ष विष्णु ज्ञवालीले गरेको सचिव शंकर सुवेदीले जनाएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।