Logo

२०८३, श्रावण २७गते


images
images

देवदह प्रेस क्लबको अध्यक्षमा पुन: पोखरेल

देवदह प्रेस क्लबको अध्यक्षमा पुन: पोखरेल

images
  • देवदह प्रेस क्लबको अध्यक्षमा पुन: पोखरेल
    images
    images

    देवदह । देवदह प्रेस क्लबको चौथो बार्षिक साधारण तथा दोश्रो अधिवेशनबाट विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । 

    images
    images
    images

    सेतोमसी डटकमका सम्पादक समेत रहेका पोखरेलको अध्यक्षतामा निर्वाचित ११ सदस्यीय कार्यसमितिको खुल्ला उपाध्यक्षमा तिलोचन दहाल, समावेसी उपाध्यक्षमा कमला अर्याल र महासचिवमा निर्मल थापा रहेका छन् । समितिको खुल्ला सचिवमा ध्रुव लामिछाने, समावेशी सचिवमा मिन राना र  कोषाध्यक्षमा केशवराज शर्मा पराजुली चयन भएका छन् । 

    images
    images
    images

    समितिको सदस्यहरुमा नविन लुईटेल, पार्वती न्यौपाने, देवी पौडेल र सुरज भट्टराई रहेका छन् ।

    images
    images
    images

    अधिवेशनले पूर्णप्रसाद पौडेल (पवन)को संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा शिव काफ्ले र झमन थापा चयन भएको निर्वाचिन मण्डलका संयोजक भिमप्रसाद गुरुङ्गले जानकारी दिए ।

    यसैगरी अधिवेशनले विभिन्न विषयगत समिति समेत गठन गरेको छ । रामबहादुर गुरुङ्गको संयोकजत्वमा अनुशासन, झविन्द्रप्रसाद देवकोटाको संयोजकत्वमा नीति तथा परामर्श, टकबहादुर सुनारको संयोजकत्वमा क्षमता विकास र निश्चल अर्यालको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप समिति  निर्वाचित गरेको जनाइएको छ । 

    यसअघि अधिवेशनको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख  ध्रुवप्रसाद खरेलले देवदहको विकासमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले सञ्चारकर्मीहरुले निष्पक्ष र सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै बेला बेलामा जनप्रतिनिधहरुलाई सकारात्मक सुझाव दिनु पर्नेमा जोड दिए । खरेलले पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्ने बताउँदै सञ्चारकर्मीहरुलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । 

    कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, नागरिक समाज देवदहका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक भिमसेन विष्ट, सञ्चारकर्मी यम राना, निर्वाचन मण्डलका सदस्य निर्मल ढुंगाना, सरस्वती बस्याल लगायतले बोल्दै सञ्चारकर्मीहरुको क्षमता विकासमा प्रेस क्लवले भुमिका निर्वाह गर्नुपर्ने बताए । 

    क्रियाशील पत्रकारिता पुरस्कार दहाललाई 

    देवदह प्रेस क्लबले हरेक वर्ष प्रदान गर्ने क्रियाशील पत्रकारिता पुरस्कार देवदह साप्ताहिकका कार्यकारी सम्पादक तिलोचन दहाललाई प्रदान गरेको छ  । वि सं २०७९ सालमा स्थापना भएको पुरस्कार यो वर्ष दहाललाई दिइएको पुरस्कार छनौट समितिका संयोजक गोविन्द घर्तीले जानकारी दिए ।

    देवदह प्रेस क्लब .jpeg

    दहाललाई १० हजार नगद सहित पुरस्कृत गरिएको क्लबले जनाएको छ  ।

    उक्त पुरस्कार यसअघि सेतोमसी डटकमका रेशम अधिकारी र रेडियो देवदहका गोविन्द घर्तीले प्राप्त गरेका थिए  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।