देवदह । पत्रकार गोविन्द घर्ती मगर देवदह प्रेस क्लबले प्रदान गर्ने "क्रियाशिल पत्रकारिता पुरस्कार–२०८१” बाट पुरस्कृत भएका छन् ।
पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रही पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएका घर्ती मगरलाई देवदह प्रेस क्लबले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा पुरस्कृत तथा सम्मान गरेको हो ।
डेढ दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घर्ती मगरलाई प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माको उपस्थितिमा नगद र सम्मानपत्र सहित सम्मान गरिएको प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए
कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी, देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापा, इप्सा रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य टक बहादुर सुनार, रामचन्द्र पाध्य, जागेश्वर पङ्गेनी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बोल्दै पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology