देवदह । रूपन्देहीकाे देवदहमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम देवदह मिडिया कपमा आयाेजक देवदह प्रेस क्लब फाइनलमा प्रवेश गरेकाे छ ।
शनिबार सम्पन्न खेलमा लुम्बिनी प्रेस क्लब भैरहवालाई १-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे । खेलकाे २४ ओैँ मिनेटमा देवदह प्रेस क्लबका मीन रानाले गाेल गरेर टिमलाई जीत दिलाएका हुन् ।
देवदह प्रेस क्लब क्वाटरफाइनलमा रेडियाे जागरण बुटवल अनुपस्थित भएपछि वाक ओभरका आधारमा सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने लुम्बिनी प्रेस क्लब राज्य टेलिभिजन बुटवललाई ३-१ गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे थियाे ।
प्रतियाेगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ र द्धितिय हुने टिमले ३१ हजार १ सय ११ प्राप्त गर्नेछ । देवदह मिडिया कप राजधानी वाहिरकाे सर्वाधिक राशिको फुटबल प्रतियाेगिता हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology