Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने

लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने

images
  • लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने
    images
    images

    देवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा  यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो ।

    images
    images
    images

    सोमबार देवदहको चरङ्गेमा पत्रकार सम्मेलन गर्दै देवदह प्रेस क्लबले खुल्ला नक आउट '७ए साइड' फूटबल प्रतियोगिता बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष विष्णु पोखरेलले स्वास्थ र स्वस्थ पत्रकारिताको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।

    images
    images
    images

    "अब खेलकुद पेशेवर खेलाडीको बिषय मात्र रहेन"  अध्यक्ष पोखरेलले भने, "स्वस्थ जीवनको लागि खेल्कुद अपरिहार्य बनीसक्यो, पत्रकारको स्वास्थ्य र स्वस्थ पत्रकरिताको लागि सर्वाधिक पुरस्कार राशीको मिडिया कप आयोजना गरिएको हो ।"

    images
    images
    images

    देवदह ५ खैरेनीस्थित पानबारी खेल मैदानमा हुने प्रतियोगितामा विजेता हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । जुन लुम्बिनी प्रदेशमै हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको आयोजकको दाबी छ ।

    त्यसैगरी प्रतियोगितामा उपविजेता हुने टिमले नगद ३१ हजार एक सय एघार रुपैयाँ रुपैयाँ नगदसँगै ट्रफि मेडल प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    लुम्बिनी प्रदेशभित्र क्रियाशिल पत्रकारहरूको बिचमा मैत्रीपुर्ण सम्बन्ध स्थापना तथा देवदहको पर्यटकीय क्षेत्रको प्रचार कार्यमा समेत मिडिया कपले सहयोग पुग्ने जनाइएको छ ।

    ३३ सदस्यीय मूल आयोजक समिती र उपसमिती गठन

    क्लबले खेल सम्पन्न गर्नका लागि ३३ सदस्यीय मूल आयोजक समिति तथा विषेश समिति र उपसमिति बनाएर जिम्मेवारी बाडफाड समेत गरिएको सचिवालय व्यवस्थापन समितिका संयोजक निर्मल एसपी थापाले जानकारी दिए ।

    जस अन्तर्गत संस्थाका अध्यक्ष बिष्णु प्रसाद पोखरेल संयोजक र उपाध्यक्ष कमला अर्याल सहसंयोजक रहेको मूल आयोजक समिति, सल्लाहकार पवन पौडेलको संयोजकत्वमा सचिवालय निर्देशन, सचीव निर्मल एसपी थापाको संयोजकत्वमा सचिवालय तथा प्रचारप्रसार, कोषाध्यक्ष मीन रानाको संयोजकत्वमा आर्थिक, व्यवस्थापन/संकलन, सल्लाहकार राम बहादुर गुरुङको संयोजकत्वमा मिडिया हाउस समन्वय, सल्लाहकार गोविन्द बहादुर घर्ती मगरको संयोजकत्वमा संघ संस्था, वडा पालिका समन्वय समिति गठन गरिएको थापाले जानकारी दिए ।

    मिडिया कप सम्पन्न गर्नका लागि राहुल देव सापकोटाको संयोजकत्वमा ब्यानर स्पोन्सर उपसमिति, नवीन लुइँटेलको संयोजकत्वमा प्रमाणपत्र, छपाई, मायाको चिनो उपसमिति, धुर्व लामिछानेको संयोजकत्वमा सचिवालय एवं पत्राचार, किशोर पाठकको संयोजकत्वमा ग्राउन्ड व्यवस्थापन, ललिता घिमीरेको संयोजकत्वमा अतिथि व्यवस्थापन, टंक सुनारको संयोजकत्वमा नेपाल पत्रकार महासंघ समन्वय, दिपक न्यौपानेको संयोजकत्वमा सामाजिक संघ संस्था समन्वय, विरेन्द्र पाण्डेको संयोजकत्वमा मल्टिमिडिया, प्रेम थापाको संयोजकत्वमा जातीय संघ संस्था/स्टल व्यवस्थापन उपसमिति गठन गरि मिडिया कपको तयारी तीब्र पारिएको सचिव थापाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।