Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

देवदहमा किशोरकिशोरीलाई स्वास्थ्य तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण

देवदहमा किशोरकिशोरीलाई स्वास्थ्य तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण

images
  • देवदहमा किशोरकिशोरीलाई स्वास्थ्य तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण
    images
    images

    देवदह । देवदह नगरपालिका-२, राजाबारीमा आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । केरवानी स्वास्थ्य चौकीको आयोजनामा तथा लायन्स क्लब अफ देवदह युनाइटेडको सहकार्यमा एसियन लाइट इङ्लिस बोर्डिङ स्कुल, देवदह-१, राजाबारीमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, किशोरकिशोरी, स्वास्थ्यकर्मी तथा प्रहरीको सहभागिता रहेको थियो ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालका रिजन चेयरपर्सन कमल पौडेल, एसियन लाइट इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक केशब खनाल, सेभेनस्टार इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा लायन्स क्लब अफ देवदह युनाइटेडका अध्यक्ष टिकाराम चापागाईं, छ नम्बर प्रहरी चौकीका इन्चार्ज रमेश कुर्मी लगायतको उपस्थिति थियो ।

    images
    images
    images

    कार्यक्रममा भविष्य निर्माण माध्यमिक विद्यालय, सेभेनस्टार इङ्लिस बोर्डिङ स्कुल, नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुल, सरस्वती माध्यमिक विद्यालय राजाबारी र एसियन लाइट इङ्लिस बोर्डिङ स्कुलका शिक्षक तथा किशोरकिशोरीको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रशिक्षण केरवानी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मीले दिएका थिए । उनले किशोरावस्थामा देखिने स्वास्थ्यसम्बन्धी समस्या, त्यसबाट बच्ने उपाय तथा स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिएका थिए ।

    सिनियर अहेव जनक पोखरेलको संचालनमा भएको कार्यक्रमका वक्ताहरूले किशोरकिशोरीको स्वास्थ्य र उनीहरूको समग्र व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए । विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न सके किशोरकिशोरीमा देखिने विभिन्न स्वास्थ्य तथा सामाजिक समस्याको न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।