Logo

२०८३, श्रावण २७गते


images
images

कविता : उल्टो जन्म

कविता : उल्टो जन्म

images
  • कविता : उल्टो जन्म
    images
    images

    मान्छेहरुको सामान्य जन्माइको पङ्तिमा
    मेरो जन्म नै असामान्य थियो

    images
    images
    images

    म यो धर्तीमा
    टाउकोले टेक्दै जन्मिएको मान्छे होइन,
    म यो समाजमा
    रुदै, कहालिंदै जन्मेको मान्छे होइन

    images
    images
    images

    हो, मेरो 'उल्टो' जन्माइले
    मेरी आमालाई अधिक पिडा भयो 
    मेरो मौनताले
    एकैछिन आफन्तको धड्कन रोकियो

    images
    images
    images

    तर आज लाग्छ मलाई,
    म जन्मिदै यो धर्तीमा
    आफ्नै खुट्टाले टेक्न चाहन्थे
    म यो दुनियाँलाई
    मौन बसेर देख्न चाहन्थे

    २०७२/०१/०५, बुटवल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।