Logo

२०८३, श्रावण २७गते


images
images

'देवदहको चिनो खोज्न' सांसद विश्कर्माले व्यवसायीलाई दिए 'दशैं होमवर्क'

'देवदहको चिनो खोज्न' सांसद विश्कर्माले व्यवसायीलाई दिए 'दशैं होमवर्क'

images
  • 'देवदहको चिनो खोज्न' सांसद विश्कर्माले व्यवसायीलाई दिए 'दशैं होमवर्क'
    images
    images

    देवदह । रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहका उद्योगी व्यवसायीलाई देवदहको चिनो खोज्न 'दशैं होमवर्क' दिएका छन् । शनिबार देवदह व्यापार संघको चाडपर्व विशेष शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले देवदह राम्रो सम्भावना बोकेको नगरको रूपमा विकसित हुँदै गएकोले देवदहको विशेष चिनारीको रूपमा यहाँका उत्पादनहरू बजारमा आउनुपर्ने बताए ।

    images
    images
    images

    बुटवल र तिलोत्तमाको पश्चिमी भाग विकसित भैसकेको र त्यो विकासको लय अब तिलोत्तमाको उत्तरी क्षेत्र र देवदहमा आउंदै गरेको उल्लेख गर्दै सांसद विश्वकर्माले देवदहले उत्पादनमा जोड दिए बजारको समस्या नहुने दावी गरे । आफु पश्चिम नेपालको विभिन्न क्षेत्र घुम्ने क्रममा त्यहाँका पालिकाहरूमा उत्पादित बस्तु अध्ययन गरेको बताउंदै उनले देवदहको उत्पादन के हो भन्नेमा यहाँका उद्योगी व्यवसायीले एउटा वर्कशप नै गरेर भएपनि निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।  उनले भने,  "दशैंको विदा पनि छ, सबै व्यवसायीहरू बसेर छलफल गर्दा केही निष्कर्ष निस्किन्छ, आवश्यक परे मलाई पनि बोलाउनु, नगरपालिकाका जनप्रतिनिधिलाई सहभागी गराउनु र सबै व्यवसायीले छलफल गरेर अब देवदहको उत्पादन के हुने भन्नेमा निर्णय लिनुपर्छ।"

    images
    images
    images

    देवदह ७ शितलगरमा निर्माण भएको कोशेली भवन प्रयोग विहिन भएको तर्फ चिन्ता व्यक्त गर्दै नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका सांसद विश्वकर्माले देवदहमा उत्पादित वस्तु बेचविखन गर्ने उद्धेश्य अनुरुप निर्माण गरिएको कोशेली भवनलाई उपयोग गर्नुपर्ने बताए । 

    images
    images
    images

    सोही क्रममा उनले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहमा आगमनसंगै गुम्बाहरू निर्माण हुने क्रममा रहेकोले बुद्ध मावली क्षेत्र देवदहको भविष्य राम्रो रहेको बताए ।  "लुम्बिनी बौद्ध विश्वविद्यालय र देवदहको आफ्नै ऐतिहासिक सांस्कृतिक महत्वले पनि यहाँ पर्यटनको विकास हुने क्रममा छ" उनले भने, "लुम्बिनी विकस कोषको ध्यान देवदहमा आकर्षित गरिंदै छ र मुलत: देवदह नाम नै हाम्रो सुनिश्चित भविष्यको सुनिश्चितता हो ।" 

    देवदहलाई प्लाष्टिकमुक्त नगर बनाउने तर्फ नगरपालिकाले ध्यान दिनुपर्ने बताउंदै उनले फोहोरमैला व्यवस्थापनको क्षेत्रमा नगरपालिकाले राम्रो काम गर्न खोजिरहेको भन्दै प्रशंसा गरे । 

    कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाले योजनाबद्ध ढंगले काम गरिरहेको बताईन् । नगरपालिकाले कर बढाएको भन्ने गुनासो पनि आउने गरेको उल्लेख गर्दै उनले पालिकाले करमा वृद्धि गरेको नभई करको दयारा मात्र फराकिलो बनाएको दावी गरिन्  । पालिकाले संचालन गरिरहेको कर सहभागीता अभियानमा सहभागी हुन व्यवसायीलाई अनुरोध गर्दै उपप्रमुख गुरुङले व्यवसायीसंग हातेमालो गर्दै नगरपालिका अगाडि बढिरहेको बताईन् ।  

    कार्यक्रमको औचित्यबारे बोल्दै संघका अध्यक्ष कोष बहादुर गुरुङले संघले गरेका सामाजिक कार्यबारे चर्चा गरे ।  

    कार्यक्रममा उद्योग व्यापार संघ देवदहका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर फुल्लेल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल, देवदह ब्यापार संघका सल्लाहकार चक्रपाणी न्यौपाने, वरिष्ठ उपाध्यक्ष माधव ढकाल, महासचिव हरिलाल भण्डारी लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।