Logo

२०८३, श्रावण २७गते


images
images

संध संस्था

देवदह व्यापार संघद्धारा स्थापना दिवसको अवसरमा पशु आहार वितरण

देवदह व्यापार संघद्धारा स्थापना दिवसको अवसरमा पशु आहार वितरण

images
  • देवदह व्यापार संघद्धारा स्थापना दिवसको अवसरमा पशु आहार वितरण
    images
    images

    देवदह । देवदह व्यापार संघले देवदह-९, घोडाहामा अवस्थित गौशालामा पशु आहार वितरण गरेको छ । स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यमा योगदान गरिरहेको संघले गौशालामा रहेका पशुहरुको लागि ३५ हजार दुई सय रुपैंया मुल्य बराबरको आहार वितरण गरेको हो ।

    images
    images
    images

    सनिवार एक कार्यक्रमका विच संघका पदाधिकारी, सदस्य, वस्तुगत समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा ५० मुठा पराल, ६ बोरा चोकर तथा ३ बोरा नुन गौशाला व्यवस्थापनलाई हस्तान्तरण गरिएको अध्यक्ष माधव ढकालले जानकारी दिए ।

    images
    images
    images

    हस्तान्तरण गरिएको पशु आहार मध्ये निवर्तमान अध्यक्ष कोश बहादुर गुरुङले २ बोरा नुन, रुद्रमान ढकालले २ मुठा पराल, पुनाराम तिवारीले एक बोरा चोकर, केशव राज पौडेलले एक बोरा चोकर र पूर्णचन्द्र लुइटेलले एक बोरा चोकर प्रदान गरेको संस्थाका महासचिव विष्णु अर्यालले बताए ।

    images
    images
    images
    WhatsApp Image 2026-07-25 at 8.05.37 AM.jpeg

    यसैगरी अध्यक्ष माधव ढकालले ३ मुठा पराल, गोमादेवी भुर्तेलले एक बोरा चोकर, भिमलाल काफ्लेले २ मुठा पराल र हरिलाल भण्डारीले २ मुठा पराल सहयोग गरेको महासचिव अर्यालले जानकारी दिए । दाताहरुको सहयोगमा संकलित बाहेकको पशुआहार संस्थाले उपलब्ध गराएको अर्यालले बताए ।

    WhatsApp Image 2026-07-25 at 8.05.39 AM.jpeg

    देवदह घोडाहामा अवस्थित गौशालामा हाल ३६ वटा गाई गोरु रहेको वडा नं ९ का जनप्रतिनिधि डोलराज न्यौपानेले बताए । न्यौपानेका अनुसार देवदह लगाएत विभिन्न स्थानबाट दुर्घटनामा परि उद्धार गरिएका र सडक तथा किसानका बालिलाई नोक्सान पुर्याउने गरेका पशुहरुलाई व्यवस्थापन गर्ने उद्धेश्यले गौशाला सुरुवात गरिएको हो । आर्थिक अभावका कारण गौशालामा रहेका पशु (गाई) लाई आहार व्यवस्थापनमा समस्या हुनेगरेको भन्दै विभिन्न दाता तथा संघसंस्थाहरुको सहयोगले राहत हुने गरेको न्यौपानेले बताए । स्थापना दिवसको अवसरमा सहयोग गरेकोमा उनले संघलाई धन्यवाद समेत व्यक्त गरे ।

    यहि साउन ११ गते परेको स्थापना दिवसको अवसरमा संघको सचिवालय देवदह-५ पानवारीमा संथाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको बरिष्ठ उपाध्यक्ष पिताम्बर खरेलले बताए । र सोही दिन स्थापना दिवस विशेष कार्यक्रम समेत हुने संस्थाले जनाएको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।