Logo

२०८३, श्रावण २७गते


images
images

देवदह व्यापार संघको दशौ वार्षिक साधारण सभा सम्पन्न

देवदह व्यापार संघको दशौ वार्षिक साधारण सभा सम्पन्न

images
  • देवदह व्यापार संघको दशौ वार्षिक साधारण सभा सम्पन्न
    images
    images

    देवदह । देवदह क्षेत्रमा क्रियाशील व्यवसायीहरूको संस्था देवदह व्यापार संघको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संघको कार्यालय सभाहल पानबारीमा साधारण सभा सम्पन्न भएको हो । 

    images
    images
    images

    साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जानकारी न्यौपानेले व्यापारीहरु समस्यामा रहेकोले राज्यले आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गरिन् । आफुले विकास निर्माणका काममा प्रदेश सरकारसंग आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले निजि क्षेत्रसंग सहकार्य गर्ने राज्यको नीति भएकोले सबै पक्ष मिलेर विकास र समृद्धिको लागि काम गर्नुपर्ने बताइन् ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै व्यापार संघ लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल यो क्षेत्रको उत्पादनलाई किनबेच गर्ने वातावरण बनाउनुपर्ने र  किसानले उपयुक्त मूल्य पाउनुपर्ने विचार व्यक्त गरे । देवदहमा पर्यटनको प्रवल सम्भावना रहेको उल्लेख गर्दै उंले देवादहलाई लुम्बिनिसंग जोडेरै विकास गर्न सकिने बताए ।

    images
    images
    images

    "लुम्बिनीमा आएका पर्यटकलाई देवदहले कहाँ राख्ने भन्नेबारे सोच्नु पर्छ र त्यसको लागि व्यवसायीहरुको लगानी सुनिश्चित गर्नेतर्फ व्यवसायिक संघ सङठनहरु अग्रसर हुनुपर्छ ।" उनले भने, "व्यापारीका समस्या अरु कसैले समाधान गर्दैन, त्यसको लागि व्यावसायिक संघ संस्थाले नै पहलकदमी लिनुपर्छ ।" 

    साधारण सभाले अध्यक्ष कोषबहादुर गुरुङको वार्षिक प्रतिवेदन, महासचिव हरिलाल भन्डारीको सांगठनिक प्रतिवेदन र  कोषाध्यक्ष रमेश खरेलको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष माधव ढकालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह व्यापार संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।