Logo

२०८३, श्रावण २७गते


images
images

देवदह व्यापार संघको अध्यक्षमा माधव ढकाल निर्वाचित

देवदह व्यापार संघको अध्यक्षमा माधव ढकाल निर्वाचित

images
  • देवदह व्यापार संघको अध्यक्षमा माधव ढकाल निर्वाचित
    images
    images

    देवदह । देवदह व्यापार संघको अध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको ११ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षसहित २३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

    images
    images
    images

    जसको बरिष्ठ उपाध्यक्षमा पिताम्वर खरेल, उपाध्यक्षमा हरिलाल भण्डारी, महासचिवमा विष्णुप्रसाद अर्याल, सचिवमा रामबहादुर गुरुङ्ग, कोषाध्यक्षमा रमेश खरेल र सह-कोषाध्यक्षमा गिता घिमिरे चयन भएका छन् । 

    images
    images
    images

    सदस्यहरुमा सविता भण्डारी, बोधराज गौडेल, विशाल भट्टराई, मित्रबहादुर थापा, पवनकुमार बानिया, विरबहादुर राना, राधा चापागाई, खेमराज सुवेदी, दिलकुमारी रेग्मी, अर्जुनकुमार रेग्मी, विष्णुप्रसाद पाण्डे, केशवराज पौडेल, भिमलाल काफ्ले, बेदप्रसाद न्यौपाने, पुनाराम तिवारी र अजयकुमार गुप्ता निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले लिलावल्लभ भट्टराईको संयोजत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा टिकाराम चापागाई र प्रर्णप्रसाद पौडेल रहेका छन् । 

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख ध्रुर्व प्रसाद खरेलले व्यवसायीहरुको सहयोग विना कालोबजारी रोक्न नसकिने बताए । राज्यलाई बलियो बनाउने दायित्व नागरिकको भएको स्मरण गराउँदै उनले राजश्व छलेर ल्याएको सामाग्री खरिद बिक्री गरेको पाइए कार्बाही गर्ने कार्बाही गर्ने चेतावनी दिए । नगर प्रमुख खरेलले कृषि व्यवसाय प्रवर्द्धनको लागि नगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न लागि परेको बताए । 

    व्यापार संघ लुम्विनी प्रदेशका कार्यालय प्रमुख अनन्त शिलवालले देवदहलाई कृषि ग्रामको रुपमा विकास गर्न व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए । उनले अनुदानमुखी भन्दा उत्पादनमुखी व्यवसायलाई बढि जोड दिनु पर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह व्यापार संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।