देवदह । देवदह व्यापार संघले १२ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतवार एक कार्यक्रमबीच संघले स्थापना दिवस विशेष कार्यक्रम हो ।
कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहको विकासमा सामाजिक तथा व्यवसायिक संघसंस्थाको योगदानको चर्चा गरे । उनले देवदह व्यापार संघले देवदहका व्यावसायीहरुलाई गोलबन्द गर्दै सामाजिक कार्यमा समेत भूमिका खेलेको बताए ।
कार्यक्रममा रुपन्देही व्यापार संघ तथा लुम्बिनी प्रदेश व्यापार महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुले समेत शुभकामना दिएका थिए ।
यसै बीच व्यापार संघले हरेक वर्ष वितरण गर्दै छात्रवृत्ति यो वर्ष भविष्य निर्माण माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र सुन्दर थापालाई प्रदान गरिएको छ । छात्रवृत्तिमा विद्यार्थीको सबै शुल्क, ड्रेस, कपिकिताव, कलम, झोला, जुत्ता लगायतको सम्पूर्ण शुल्क व्यापार संघले व्यहोर्ने छ ।
त्यसैगरी रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको जनाइएको छ । विभिन्न विद्यालयका विद्यार्थीसमेत सहभागी कार्यक्रममा १० जना नयाँ रक्तदाताले रक्तदान गरेको संघका कार्यसमिति सदस्य पवन पौडेलले जानकारी दिए ।

संघका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत तथा महासचिव हरिलाल भण्डारीको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology