Logo

२०८३, श्रावण २७गते


images
images

देश विकासको लागि सवै दल मिल्न जरूरी : सांसद विश्वकर्मा

देश विकासको लागि सवै दल मिल्न जरूरी : सांसद विश्वकर्मा

images
  • देश विकासको लागि सवै दल मिल्न जरूरी : सांसद विश्वकर्मा
    images
    images

    देवदह । देश विकासको लागि सवै दल मिलेर अगाडि बढ्नु पर्ने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताए ।  उनले एकले अर्कोलाई स्वीकार गर्न आवश्यक रहेको बताउदै सहकार्य र समन्वयबाट गरिने कामले सवैलाई फाईदा पुग्नेमा जोड दिए ।

    images
    images
    images

    देवदह व्यापार संघको ९ औं बार्षिक साधारण सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले जनप्रतिनिधिहरुको पारदर्शि र जिम्मेवार बन्नु पर्ने बताए । उनले राज्यलाई जिम्मेवार बनाउने हो, विचौलियालाई निषेध गर्न नागरिकलाई जागरुक बनाउन आवश्यक रहेको औल्याय । उनले व्यापार व्यवसाय गर्न राज्यले वातावरण बनाउने हो, तर राज्यले वातावरण तयार गर्न नसकेको बताए  ।

    images
    images
    images

    नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका विश्वर्माले पछिल्लो समय समाजमा अराजकता बढिरहेको बताउदै अराजकलाई रोक्नको लागि सवै लाग्नु पर्नेमा जोड दिए । उनले नीति निर्माण प्रकृयामा सवै तहका नागरिकको सहभागिता हुनु पर्छ भनेर संविधानमा समानुपातिक व्यवस्था गरेको बताए । उनले सरकारमा रहेका मन्त्रीहरुले आफनो निर्वाचन क्षेत्रलाई बढी महत्व दिएको तर सवै निर्वाचन क्षेत्रलाई समानुपातिक ढंगले महत्व दिन नसकेको बताए ।

    images
    images
    images

    सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सदस्य जानकी न्यौपानेले देवदहको विकासको वारेमा आफुले वारम्वार सदनमा कुरा उठाएपनि सत्ता पक्षले सुनुवाई नगरेको दावी गरिन । उनले तिन तहको सरकार वीच सहकार्य भएमात्र विकास निर्माणले फड्को मार्ने दावी गरिन ।

    यसैगरी नेपाल चेम्वर अफ कर्मश लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले खुल्ला सिमानाका कारण व्यवसायीहरु समस्यामा परेको बताए । उनले खुल्ला सिमानाबाट हुनै अवैध व्यपार व्यवसायलाई राज्यले रोक्न आवश्यक रहेको बताउदै व्यवसायलाई परेको समस्या समाधान गर्न राज्यले पहल गर्न आवश्यक रहेको औल्याय। उनले साझा दृष्टिको बनाएर अगाडि बढ्न सकेमात्र हरेक समस्याको समाधान निस्कने बताए ।

    देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–१, का वडाअध्यक्ष दिपक नेपाल, नेपाली कागें्रस देवदहका सभापति गुनाखर भुर्तेल, देवदह उद्योग बाणिज्उ संघका अध्यक्ष हरि भण्डारी, सल्लाहकार रुद्रमान ढकाल, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपाने, जीवन विज्ञान प्रयोग शालाका नमकान्त पाण्डे लगायतले आ–आफना भनाई रखेका थिए ।

    कार्यक्रममा संघका अध्यक्ष गुरुङ्गले बार्षिक प्रतिवेदन, महासचिव हरिलाल भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा संघलाई सहयोग गर्ने, पुर्व सदस्य र दुई जना व्यवसायीलाई सम्मान गरिएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।