देवदह । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा देवदह नगरपालिकाले फागुन १५ गते शुक्रबार स्थानीय विदा दिएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा संघसंस्थाहरुमा अत्यावश्यक सेवा बाहेक विदा रहने जनाएको हो ।
नगर प्रमुख ध्रुव प्रसाद खरेलद्वारा जारी सूचनामा उक्त दिन नगर क्षेत्रभित्रका सबै सम्बन्धित कार्यालयहरु बन्द रहने उल्लेख गरिएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै मगर संघ देवदहले फागुन १५ मा विदा दिन माग गरेको थियो ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology