Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

देवदह नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

images
  • देवदह नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिकाले चौमासिक अवधिको राजस्व संकलन, खर्च अवस्था, योजना कार्यान्वयन र सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले नगरसभाले यस आर्थिक वर्षमा २१ करोड ८६ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको जानकारी दिए । उनका अनुसार पहिलो चौमासिकमा ३ करोड ७५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । खर्चतर्फ चालु खर्चमा १४ करोड ५३ लाख ९४ हजार रुपैयाँ अर्थात २४ प्रतिशत र पुँजीगत खर्चमा १९ करोड ९६ लाख ५७ हजार रुपैयाँ अर्थात १४.८ प्रतिशत खर्च भएको जानकारी गराइएको छ ।

    images
    images
    images

    कार्यक्रममा हालसम्म १ सय ७३ वटा योजनाका लागि उपभोक्ता समिति गठन गरी कार्यान्वयनमा लगिएको र तीमध्ये १४ वटा योजनाको भुक्तानी सम्पन्न भइसकेको जानकारी दिइयो । साथै नगरपालिकाले सञ्चालन गरेका विभिन्न स्वास्थ्य संस्थाबाट ७५ हजार ६ सय ३२ जनाले स्वास्थ्य सेवा लिएको विवरण प्रस्तुत गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले सुशासन कायम गर्न नगरपालिकाको प्रयास मात्र पर्याप्त नहुने बताइन् । उनले नागरिकको जिम्मेवारी र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको धारणा राखिन् । गुणस्तरीय विकास निर्माणका लागि टोल विकास संस्थाहरूको भूमिकालाई पनि उनले महत्वपूर्ण बताए ।

    सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले उठाएका प्रश्नको जवाफ प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल र नेपाल विद्युत प्राधिकरणका शशी भण्डारीले दिएका थिए । कार्यक्रममा लक्ष्मण उपाध्याय, नमकान्त पाण्डे, माधव ढकाल, कोषबहादुर गुरुङ, रामकुमार चौधरी, जसबहादुर पुन, विष्णुप्रसाद ज्ञवाली, सावित्री बस्याल, तोयनाथ लम्साल, केशव पराजुली, इन्द्रबहादुर थापा, मनमोहन यादव, दीपक पौडेल, अर्जुन ढकाल र काशीनाथ न्यौपानेले आ–आफ्ना जिज्ञासा राखेका थिए ।

    नगर प्रवक्ता गणेश डुम्रेको स्वागत मन्तव्य रहेको कार्यक्रम रमेश गिरीको सञ्चालनमा सम्पन्न भएको थियो भने सञ्चारकर्मी तिलोचन दहालले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।