Logo

२०८३, श्रावण २७गते


images
images

रोहिणीले हटायो करार कर्मचारी, देवदह नगरपालिकामा छैन तयारी

रोहिणीले हटायो करार कर्मचारी, देवदह नगरपालिकामा छैन तयारी

images
  • रोहिणीले हटायो करार कर्मचारी, देवदह नगरपालिकामा छैन तयारी
    images
    images

    देवदह । रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नेपाल सरकारको हालैको निर्देशनका आधारमा गाउँपालिकाले यो निर्णय गरेको हो ।

    images
    images
    images

    गाउँपालिकाले असोज २२ गते जारी गरेको सूचनामा भनिएको छ, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका परिपत्रअनुसार अस्थायी, करार तथा दैनिक ज्यालादारीका कर्मचारीहरूको नियुक्ति तथा सम्झौता मिति २०८२ असोज २२ गतेदेखि लागू हुने गरी रद्द गरिएको छ ।”

    images
    images
    images

    नेपाल सरकारले असोज ५ गते (२०८२/०६/०५) मन्त्रिपरिषद्को बैठकबाट अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र जारी गरेका थिए ।

    images
    images
    images

    रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अत्यावश्यक सेवा सञ्चालनका लागि आवश्यक कर्मचारीबाहेक सबै अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको करार सम्झौता रद्द गरिएको उल्लेख छ ।

    देवदह नगरपालिकामा छैन तयारी 

    छिमेकी पालिका रोहिणीले करार कर्मचारी हटाउँदा देवदह नगरपालिकाले भने त्यस सम्बन्धि कुनै निर्णय नभएको जनाएको छ । नगर प्रमुख ध्रुवप्रसाद खरेलले करार कर्मचारी बारे कुनै सल्लाह नभएको सेतोमसीलाई बताए । 'करार कर्मचारीको संख्या धेरै छ, स्थायी कर्मचारीले मात्र सेवा दिन सकिने अवस्था छैन ।' उनले भने 'संघीय सरकारले थप कर्मचारी दिएको खण्डमा कर्मचारी हटाउने समस्या छैन ।'

    त्यसैगरी प्रमुख खरेलले भुमि आयोग अन्तरगत काम गरिरहेका कर्मचारीहरुको बारेमा पनि अझैसम्म कुनै निर्णय नलिइएको र जिल्ला प्रशासनसंगको समन्वयमा आवश्यक निर्णय लिइने बताए ।

    देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले पनि कर्मचारी हटाउने बारे कुनै तयारी नभएको जानकारी दिए । केही व्यक्ति कर्मचारीको रुपमा नियुक्त गरिएको, उनीहरुले निरन्तर नगरपालिकाबाट तलब भत्ता लिएको तर दलिय राजनीति लगायतका कार्यमा सक्रिय रहेकोबारे सोधिएको प्रश्नमा पनि उनले आफु यस विषयमा अनविज्ञ रहेको बताए ।

    देवदह नगरपालिकामा १०७ जना करार कर्मचारी रहेका छन् । जम्मा १८७ जना कर्मचारी रहेको नगरपालिकामा १०७ जना कर्मचारी करारमा रहेको नगरपालिकाका सूचना अधिकारी रमेश गिरीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।