Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको पहिलो चौमासिक प्रतिवेदन : ३ करोड ७५ लाख राजस्व संकलन, १७३ योजना सम्झौता

देवदहको पहिलो चौमासिक प्रतिवेदन : ३ करोड ७५ लाख राजस्व संकलन, १७३ योजना सम्झौता

images
  • देवदहको पहिलो चौमासिक प्रतिवेदन : ३ करोड ७५ लाख राजस्व संकलन, १७३ योजना सम्झौता
    images
    images

    बुटवल । देवदह नगरपालिकाले पुष १३ गते चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएपनि नगरपालिकाले उल्लेख्य काम गरेको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले दावी गरे । 

    images
    images
    images

    प्राप्त प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिमा राजस्व संकलन र योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको मंसिरसम्मको (प्रथम चौमासिक भनिएपनि तथ्यांक मंसिर मसान्तसम्मको रहेको) प्रगति विवरणअनुसार यस अवधिमा नगरपालिकाको आन्तरिक आम्दानी ३ करोड ७५ लाख ५८ हजार ७४५ रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षमा अनुमान गरिएको जम्मा संकलित हुने राजश्व २१ करोड ८६ लाखको करिब १७ प्रतिशत बराबर हो । 

    images
    images
    images

    नगरपालिकाले अनुमानित राजश्वको लक्ष्य भेटिने या नभेटिने नदीजन्य पदार्थको ठेक्कामा भरपर्ने जनाएको छ । सेतोमसीसंग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले राजश्व संकलनको लागि राजस्व संकलन तथा व्यवस्थापनमा संलग्न कर्मचारीका लागि राजस्व मोड्युल तथा आर्थिक ऐन २०८२ सम्बन्धी तीनदिने अभिमुखीकरण तालिमसमेत सम्पन्न गरिएको बताए । 

    images
    images
    images

    त्यसैगरी नगर क्षेत्रभित्र सञ्चालन हुने सम्पूर्ण हाटबजार ठेक्कामार्फत व्यवस्थापन गरिएको र फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित गर्न न्यूनतम १२ लाख रुपैयाँको अंक तोकी ठेक्का आह्वान गरिएको पालिकाले जनाएको छ । 

    १७३ वटा योजनाको उपभोक्ता समितिमार्फत सम्झौता, नगर अस्पतालको निर्माण ७५ प्रतिशतभन्दा बढी

    योजना कार्यान्वयनतर्फ उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाका लागि घुम्ती सेवामार्फत वडा नम्बर १० मा वडास्तरमै योजना सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । प्राप्त तथ्यांक अनुसार हालसम्म १७३ वटा योजना उपभोक्ता समितिमार्फत सम्झौता भइसकेका छन् भने तीमध्ये १४ वटा योजनाको अन्तिम भुक्तानीसमेत भइसकेको छ ।

    प्रशासनिक व्यवस्थापनतर्फ यस अवधिमा चार पटक कार्यपालिका बैठक सम्पन्न भएका छन् । कर्मचारी व्यवस्थापनतर्फ मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, वन प्राविधिक र अहेवसहित चार जना कर्मचारी करार सेवामा पदपूर्ति गरिएको छ । जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको सम्पत्ति विवरण अनलाइन प्रणालीमार्फत समयमै सम्बन्धित निकायमा बुझाइएको नगरपालिकाले जनाएको छ ।

    पूर्वाधार विकासतर्फ लामो समयदेखि रोकिएको देवदह नगर अस्पतालको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ्दै करिब ७५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले १० वटा योजनाको बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाएको छ । शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (URLIP) अन्तर्गत पहिलो प्याकेजमा १७.२ किलोमिटर सडक निर्माणका लागि सम्झौता भई संयुक्त सर्भे सम्पन्न भएको छ । २०८२ माघ महिनामा शिलान्यास गरी निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ ।

    कृषि विकासतर्फ देवदह-४ मा १० हेक्टर क्षेत्रफलमा तोरी बाली पकेट विकास कार्यक्रम सञ्चालनमा रहेको छ । वडा नम्बर ५ कोलुवा र वडा नम्बर ३ सूर्यपुरामा ३० हेक्टर क्षेत्रफलमा तोरी खेती विस्तार गरिएको छ । मसुरो बालीको मिनिकिट वितरण, पाँच वटा नयाँ कृषक समूह दर्ता, धान बालीको क्रप कटिङ तथा रासायनिक मल वितरणका लागि थप चार वटा डिलरसिप उपलब्ध गराइएको छ । सोमबारे हाटबजारमा तरकारीमा विषादी परीक्षणसमेत गरिएको छ ।

    भूमि व्यवस्थापन शाखाअन्तर्गत हालसम्म १६ हजार २८६ वटा लगत संकलन फाराम संकलन भएका छन् । १,२५० हेक्टर क्षेत्रफल जग्गा नापजाँच भइसकेको छ भने ७८६ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । अव्यवस्थित बसोबासीको जग्गाधनी पूर्जा वितरण कार्यसमेत सुरु गरिएको छ ।

    वातावरण तथा विपद् व्यवस्थापनतर्फ वैकल्पिक ऊर्जासँग विद्युतिय चुलो १,०७५ थान र सुधारिएको चुलो २,००० थान माग गरिएको छ । कारितास नेपाल र सीडीएम नेपालको सहकार्यमा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता कार्यढाँचा तयार गरिएको छ । विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०८२ स्वीकृत गरी एक लाख रुपैयाँ बराबरको कोष नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    न्यायिक समितिमार्फत ९४ जना सूचिकृत मेलमिलापकर्ताको सहयोगमा नगरका सबै वडामा विवाद समाधानको काम भइरहेको छ । हालसम्म दर्ता भएका ४६ मुद्दामध्ये १६ वटा मिलापत्र भएका छन् भने २१ मुद्दा प्रक्रियामा रहेका छन् ।

    नगरपालिकाले पहिलो चौमासिक अवधिमा राजस्व संकलन, योजना सम्झौता, पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा सन्तुलित प्रगति भएको दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।