Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय तह

फेरिए देवदहका प्रमुख प्रशासकीय अधिकृत, सापकोटाको सरुवापछि पौडेलको आगमन

फेरिए देवदहका प्रमुख प्रशासकीय अधिकृत, सापकोटाको सरुवापछि पौडेलको आगमन

images
  • फेरिए देवदहका प्रमुख प्रशासकीय अधिकृत, सापकोटाको सरुवापछि पौडेलको आगमन
    images
    images

    देवदह । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयमा सरुवा भएपछि लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव मधुकृष्ण पौडेल देवदहको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।  

    images
    images
    images

    'प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा फेरि भेटौला कार्यक्रम' लेखिएको ब्यानरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले कुशल प्रशासकीय क्षमता देखाएर काम गरेको भन्दै सापकोटालाई धन्यवाद दिए । कर्मचारीको सरुवा र जनप्रतिनिधिको कार्यकाल सकिने कार्य नियमित प्रक्रिया भएको उल्लेख गर्दै उनले नागरिकको सेवामा जतिबेला जहाँपनि हाजिर हुनुपर्ने दायित्वबाट अलमलिन नहुने विचार व्यक्त गरे ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफु आएपछि देवदहमा अधुरा रहेका भौतिक विकासका कार्यलाई अगाडि बढाएको र नगरपालिकाको प्रशासनिक सेवालाई सुदृढ बनाएको बताए । उनले देवदह नगरपालिकाको सौन्दर्यकरण र संस्थागत विकासको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । 

    images
    images
    images

    २०८० सालको भदौमा देवदह आएका सापकोटाले २१ महिनासम्म नगरपालिकाको प्रशासनिक नेतृत्व गरे । उनले देवदहमा हाजिर भएको दिनदेखि नै सरसफाई अभियान सुरु गरेका थिए । आफ्नो कार्यकालमा उनले वृक्षारोपण अभियान, कर सहभागिता अभियान, योजना सम्झौताका घुम्ती शिविर, घुम्ती स्वास्थ्य शिविर, नियमित सार्वजनिक सुनुवाई लगायतका कार्य गरे । उनको नेतृत्वमा देवदह नगरपालिकाले कार्यसम्पादन मुल्यांकन (लिजा)मा उल्लेख्य सुधार गरेको थियो । यसैगरी देवदहको फोहोर व्यवस्थापनको लागि स्रोतमै फोहोर वर्गीकरण गर्ने अभियान संचालन गर्नुका साथै नगर अस्पतालको रोकिएको भवन निर्माण कार्यलाई अगाडि बढाउन र कोशेली भवन संचालनको कार्यविधि बनाएर संचालनमा ल्याउन उनले महत्वपुर्ण भूमिका खेले । तिलोत्तमा, सन्धिखर्क, बर्दघाट लगायतका स्थानीय तहमा काम गरिसकेका सापकोटाले आफ्नो अनुभवलाई देवदहमा लागु गर्ने प्रयास गरेका थिए ।

    त्यसैगरी नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतले पौडेलले आफुले कम बोलेर धेरै काम गर्ने प्रयास गर्ने बताए । देवदह नगरपालिकाको सेवा प्रवाहमा थप सुधार ल्याउन आफुले प्रयत्न गर्ने उल्लेख गर्दै उनले आफुले जिम्मेवार ढंगले प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए ।
     
    कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत तथा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत रमेश गिरीको संचालन रहेको थियो । 


      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।