देवदहमा जन्मिएर प्रसिद्धि प्राप्त गर्ने व्यक्तिहरुको इतिहास हेर्दा बुद्धकालीन इतिहास देवदहका लागि सुनौलो समयका रुपमा चित्रण हुन्छ । बौद्ध दर्शनमा नारी महिमाको अध्ययन गर्दा देवदहमा जन्मिएर प्रसिद्धि प्राप्त गर्ने माता मायादेवी, माता प्रजापति र यशोधराको चर्चा अग्रस्थानमा छ । यी तीन प्रसिद्ध नारीहरुको जन्म देवदहमै भएको थियो । देवदहमा जन्मिएका यी तीन नारीहरु बौद्ध दर्शन तथा बौद्ध साहित्यमामात्र नभएर तत्कालीन जनमानसमासमेत प्रसिद्ध थिए ।
माता मायादेवी
देवदहमा जन्म भएका नारीमध्येको एक नारी माता मायादेवी यस क्षेत्रका लागि मात्र नभएर संसारभर प्रसिद्ध छिन् । मायादेवी कोलीय राज्यको राजधानी देवदहका राजा अञ्जन र रानी यशोधराका चार सन्तानमध्येकी जेठी छोरी थिइन् । माता मायादेवीको अर्को नाम महामायादेवी पनि हो । उनी प्रजापति गौतमीकी सहोदर दिदी हुन् । यी दुवै दिदी–बहिनीको कपिलवस्तुका राजा शुद्धोधनसँग विवाह भएको थियो । राजा शुद्धोधन धर्मात्मा र प्रजाप्रेमी थिए । रानीहरू पनि उस्तै धर्मात्मा र सबैमाथि दया र करुणा राख्दथे । कपिलवस्तुमा हरेक वर्षको आषाढमा एउटा ठूलो चाड मनाउने गरिन्थ्यो । सबैले यस चाडलाई धुमधामका साथ मनाउने गर्दथे ।
रानीले सपनामा चार जना देवताहरू आएर सुतेको पलङसहित उनलाई उचालेर हिमालय पर्वततिर लगेको देखिन् । सपनामा पलङमुनि एउटा लामो मनोशिला भन्ने आसन रहेको, देवताहरूले आफूलाई त्यस आसनमा राखेको र देवकन्याहरू आएर आफूलाई अनोतप्त नामको दहमा नुहाइदिएको सपना देखिन् । त्यसपछि उनले आफूलाई मनुष्य गन्धरहित भएको महसुस गरिन् ।
आषाढ पूर्णिमाभन्दा साता दिनअगाडि देखि नै मायादेवी पनि सयौँ सुसारेहरूसहित विभिन्न वस्त्र आभूषण, फूलमालाले सुसज्जित भएर थरीथरीका उत्तम भोजन गरी यो चाड मनाइरहेकी थिइन् । आषाढ पूर्णिमाको दिन सबेरै उठेर सुगन्ध जलले नुहाएर शुद्ध वस्त्र लगाई, दुःखी, गरिब, ब्राह्मणलाई दान दिई व्रत लिएर आराम गर्दै थिइन् । त्यसैबेला रानीले सपनामा चार जना देवताहरू आएर सुतेको पलङसहित उनलाई उचालेर हिमालय पर्वततिर लगेको देखिन् । सपनामा पलङमुनि एउटा लामो मनोशिला भन्ने आसन रहेको, देवताहरूले आफूलाई त्यस आसनमा राखेको र देवकन्याहरू आएर आफूलाई अनोतप्त नामको दहमा नुहाइदिएको सपना देखिन् । त्यसपछि उनले आफूलाई मनुष्य गन्धरहित भएको महसुस गरिन् । उनलाई विभिन्न वस्त्र पुष्पमालाले सिँगारेर चाँदीको पर्वतमा पूर्वतिर शिर पारेर शयन गराएको सपनामै देखिन् । त्यसैबेला तुषित लोकबाट श्वेतकेतु बोधिसत्व सेतो हात्तीको रूपमा आएर उनी आराम गरिरहेको पलङलाई तीन पटक परिक्रमा गरी दाहिने काखीमुनिबाट प्रवेश ग¥यो ।
मायादेवीको गर्भ रहेदेखि नै चार जना देवताहरूले बोधिसत्व र रानीको सुरक्षा गरिरहे । त्यस दिनदेखि नै राजा शुद्धोधनलाई पनि विभिन्न किसिमले लाभहरु हुँदै आयो । रानी माहामायालाई धर्मचेष्टा बढ्यो, पुरुषप्रतिको तृष्णा भएन । गर्भिणी भएर पनि कहिल्यै असजिलो, शरीर भारी तथा थकाइको अनुभव नै भएन । कुनै किसिमको रोगव्याधीले पनि छोएन ।
भोलिपल्ट रानीले आफूले देखेको सपना राजालाई सुनाइन् । ब्राह्मणहरूलाई बोलाई राजा–रानीले सपनाको कुरा सुनाए । ब्राह्मणहरूले यो ज्यादै शुभ लक्षण हो । रानीको कोखबाट ठूलै महापुरुषको जन्म हुने भविष्यवाणी गरे । रानीको कोखबाट जन्मिने बालकले राजपाट सम्हालेमा चक्रवर्ती राजा हुने र दरवार त्यागेर सन्न्यासी भएमा बुद्धत्व प्राप्त गरी सर्वज्ञ हुनेछन् भनेर भविष्यवाणी गरिदिए ।
ब्राह्मणहरूको यस्तो कुरा सुनेर राजारानी खुसी भए । देशभरि जताततै खुसियाली मनाइयो । मायादेवीको गर्भ रहेदेखि नै चार जना देवताहरूले बोधिसत्व र रानीको सुरक्षा गरिरहे । त्यस दिनदेखि नै राजा शुद्धोधनलाई पनि विभिन्न किसिमले लाभहरु हुँदै आयो । रानी माहामायालाई धर्मचेष्टा बढ्यो, पुरुषप्रतिको तृष्णा भएन । गर्भिणी भएर पनि कहिल्यै असजिलो, शरीर भारी तथा थकाइको अनुभव नै भएन । कुनै किसिमको रोगव्याधीले पनि छोएन ।
रानीको गर्भ रहेको दस महिना सुरु भएपछि कपिलवस्तुमा मायादेवीलाई माइत पठाउनका लागि विशेष तयारी सुरु भयो । राजा शुद्धोधनले कपिलवस्तुदेखि देवदहसम्मको बाटोको सरसफाई, सजिसजाउ गर्न लगाए । देवदहमा पनि माता मायादेवी आउने खबर पनि पठाए । रानीलाई सुवर्णमय रथमा बसालेर सुसारे, नगरका सैन्य तथा कर्मचारीहरूलाई पछि लगाई राजा शुद्धोधनले रानी मायादेवीलाई माइत पठाए । मायादेवी देवदहको लागि प्रस्थान गरिन् ।
देवदह जाने बाटोमा एउटा अति रमणीय सालोद्यान (लुम्बिनी) पर्दथ्यो । त्यहाँ पुगेपछि रानीलाई त्यस उद्यानमा केहीबेर आराम गर्न मन लाग्यो । रानी पालकी (रथ) बाट ओर्लिइन् । केही सुसारेसँगै उनी लुम्बिनी उद्यानभित्र प्रवेश गरिन् । भित्र उद्यानमा आराम गरिरहेको बेला रानीलाई आफ्नो शारीरिक स्वभावमा परिवर्तन भएको महसुस भयो । त्यसपछि उनी नजिकै रहेको शालवृक्षको हाँगा समातेर केही बेर उभिइन् ।
महाब्रह्म प्रकट भइ सुवर्णमय जालमा जन्मिएको बालकलाई भुइँमा खस्न नदिई रानीको हातमा राखिदिए । आकाशबाट पुष्प र जलधाराको वृष्टि भयो । माहामायाबाट जन्मिएका बालक उभिइ सबै दिशातिर हेरी सात कदम उत्तरतिर्फ गएर भने “यस संसारको अग्रपुरुष म नै हुँ ।”
सुसारेहरूले उनको अवस्थालाई बुझेर चारैतिर कपडाले बारिदिए । त्यसै बेला बत्तीस लक्षणयुक्त बालकको जन्म भयो । त्यसबेला महाब्रह्म प्रकट भइ सुवर्णमय जालमा जन्मिएको बालकलाई भुइँमा खस्न नदिई रानीको हातमा राखिदिए । आकाशबाट पुष्प र जलधाराको वृष्टि भयो । माहामायाबाट जन्मिएका बालक उभिइ सबै दिशातिर हेरी सात कदम उत्तरतिर्फ गएर भने “यस संसारको अग्रपुरुष म नै हुँ ।”
माता माहामायाबाट बालक जन्मिएकै समयमा छन्न सारथी, कालुदायी अमात्य, मङ्गल हात्ती, कन्थक घोडा, बोधिवृक्ष र धनले परिपूर्ण चार वटा घडा तथा देवदहमा यशोधरादेवीको जन्म पनि । यसलाई बुद्धसँग उत्पन्न भएका सात कुरा भनिन्छ ।
राजकुमार सिद्धार्थको जन्मको खबर पाएपछि कपिलवस्तु र देवदहका नागरिकहरूले पनि ठूलो हर्षोल्लास मनाए । त्यसबेला नगर, दरबार जताततै खुसियाली छायो । मायादेवी सिद्धार्थ राजकुमारलाई जन्म दिन देवदह आउँदै थिइन् । बालकको जन्म बिचबाटोमै भएकाले अब देवदह जानु पर्ने भएन । माता मायादेवीलाई परिचारिकासहित सिन्दूरजात्रा गर्दै कपिलवस्तु फर्काइयो । बालक र आमाको हेरविचार गर्नका लागि आवश्यक पर्ने धाईहरू खटाइए ।
विडम्वना, राजकुमार जन्मेको सातौँ दिनमा नै मायादेवीको देहावसान भयो । त्यसपछि बालक सिद्धार्थ राजकुमारको हेरचाह र पालनपोषण गर्ने काम उनकै कान्छीआमा माता प्रजापति गौतमीले गरिन् । बौद्ध दर्शन तथा बौद्ध साहित्यमा बुद्ध जस्तो महामानवलाई जन्मदिने माता मायादेवीको स्थान निकै उच्च रहेको छ । देवदहमा रहेको बैरीमाई मन्दिर माता मायादेवीसँग सम्बन्धित छ । इतिहासमा थारू भाषाबाट बढीमाई शव्द अपभ्रंश भई बैरीमाई भएको मान्यता छ । त्यसैले बैरीमाईलाई माता मायादेवीको माइति घरका रुपमा लिइन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology