Logo

२०८३, आश्विन ९गते


images
images

खेलकुद

देवदह बुद्ध पब्लिकले उचाल्यो 'प्याव्सन रनिङ सिल्ड'

देवदह बुद्ध पब्लिकले उचाल्यो 'प्याव्सन रनिङ सिल्ड'

images
  • देवदह बुद्ध पब्लिकले उचाल्यो 'प्याव्सन रनिङ सिल्ड'
    images
    images

    देवदह  । रुपन्देहीको देवदहमा संचालित तेश्रो प्याव्सन खेल महोत्सवको उपाधि देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय जितेको छ । महोत्सव अन्तरगत भएका खेलमा २ सय १३ अंक प्राप्त गरि देवदह बुद्ध पव्लिकले 'प्याव्सन रनिङ सिल्ड' जित्न सफल भएको हो । 

    images
    images
    images

    २०७९ मा भएको दोश्रो प्याव्सन खेल महोत्सवमा समेत प्याव्सन रनिङ सिल्ड जितेको देवदह बुद्ध पव्लिकले लगातार दोस्रो पटक रनिङ सिल्ड जितेको हो । 

    images
    images
    images

    महोत्सवमा २०३ अंकका साथ एशियनलाईट बोर्डिंङ स्कुल द्धितिय भएको छ भने १५५ अंकका साथ ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालय तृतिय हुन सफल भएको छ । 

    images
    images
    images

    खेल महोत्सवमा प्रथम स्थान हासिल गरेको देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले सिल्ड सहित १५ हजार नगद प्राप्त गरेको छ । यसैगरी द्धितिय हुने एशियनलाईट बोडिङ्ग स्कुलले सिल्ड सहित नगद १२ हजार र तृतिय हुने ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयले सिल्ड सहित नगद ८ हजार प्राप्त गरेको छ । 

    खेल महोत्सवमा १३७ अंकका साथ देवदह मदरटङ्गस एकेडेमी चौथो, १२६ अंकका साथ सेभेनस्टार बोडिङ्ग स्कुल पाँचौं, १०५ अंकका साथ मदरल्याण्ड एकेडेमी छैठौं र ५६ अंकका साथ नारायणी पव्लिक स्कुल सातौँ भएको छ । 

    सव जुनियर, जुनियर र सिनियर गरी ३ तहमा खेल खेलाईएको खेलमा सव जुनियर तर्फ ४५ अंकका साथ ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम, जुनियर तर्फ ७४ अंकका साथ देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम र सिनियर तर्फ ११७ अंकका साथ एशियनलाईट बोडिङ्ग स्कुल प्रथम भएको छ । 

    सामुदायिक र संस्थागत विद्यालयमा विभेद गरिन्न :  नगर प्रमुख खरेल  

    खेल महोत्सवमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेलले खेलकुदको माध्यमबाट देवदहलाई राष्ट्रियस्तरमा चिनाउन सकिने बताए । खेलकुदको विकासको लागि देवदह नगरपालिकाले नगर खेलकुद समिति गठन गरेर काम गरिरहेको उल्लेख गर्दै उनले  स्वास्थ्य र अनुशासनको लागि मात्रै नभएर पहिचानको लागि पनि खेल आवश्यक रहेको बताए । 

    शैक्षिक विकासको लागि नीजि विद्यालयहरुको अहम् भूमिका रहेको बताउदै उनले नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा विभेद नगरेको र नगर्ने प्रतिबद्धता जनाए । 

    प्याव्सन देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष गोविन्द ठड्राई, नगर शिक्षा समितिका सदस्य चक्रपानी तिवारी, खेल संयोजक बोधराज गौडेल, सचिव कृष्णप्रसाद गैरे लगायतले बोलेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।