Logo

२०८३, आश्विन ९गते


images
images

भारतसँग हारेपछि कास्य पदकमै सिमित भयो महिला कबड्डी टिम

भारतसँग हारेपछि कास्य पदकमै सिमित भयो महिला कबड्डी टिम

images
  • भारतसँग हारेपछि कास्य पदकमै सिमित भयो महिला कबड्डी टिम
    images
    images

    काठमाडौँ । नेपाली महिला कबड्डी टिमले जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा कास्य पदकमै सिमित भएको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा भारतसँग ४८-२४ ले पराजित हुदै नेपाल कास्य पदकमा सिमित भएको हो । भारत भने नेपाललाई हराउदै फाइनलमा पुगेको छ । 

    images
    images
    images

    नेपालले यसअघि श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । विहिबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको थियो । नेपालले यसअघि चाइनिज ताइपेइसँग हार बेहोरेको थियो भने थाइल्याण्डलाई पराजित गरेको थियो ।

    images
    images
    images

    यसअघि १९औं एशियाली खेलकुदमा कास्य पदक जितेर इतिहास बनाएको महिला कबड्डी टिमले यस पटक पनि कास्य पदक जितेर इतिहास दोहोराएको छ । योसँगै जारी एशियाली खेलकुदमा नेपालले दोस्रो कास्य पदक जितेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।