Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

देवदह नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

images
  • देवदह नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । देवदह नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन सङ्गै सो वर्षमा देवदह नगरपालिका भित्र भएका स्वास्थ्य सम्बन्धित गतिविधिको समीक्षा गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले समग्र देवदह नगरपालिकाले नेपाल सरकारले तोकेका स्वास्थ्य सुचकहरु अधिकत्म पूरा गरि देवदहको स्वास्थ्य अवस्थालाइ बलियो राखेकोमा समग्र स्वास्थ्यकर्मीहरुलाइ बधाई एवम धन्यवाद व्यक्त गरे । नगरप्रमुख खरेलले देवदह नगरपालिकाले नगरलाइ पोषणमैत्री बनाउन योजना अगाडि सारेको बताए । उनले देवदह नगरपालिका भित्रका सबै स्वास्थ्य चौकिमा कार्यरत कर्मचारीहरुलाइ सो क्षेत्रका स्थानियहरुलाइ स्वास्थ्य बिमा गराउन अभिप्रेरित गर्न आग्रह गरेका छन्। 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका १२ वडा का १२ स्वास्थ्य चौकिहरुले आ-आफ्नो स्वास्थ्य चौकिमा सम्पन्न गतिविधि का बारेमा सलाइड मार्फत उपस्थित सबैलाइ जानकारी गराएका थिए ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकामा भित्र रहेका कामका आधारमा दुई उत्कृष्ट स्वास्थ्य चौकी र दुई उत्कृष्ट स्वास्थ्य कर्मीलाइ सम्मान गरिएको थियो । जसमध्य अधिकत्म स्वास्थ्यका सुचकहरु पूरा गरेको सिक्टहन स्वास्थ्य चौकी, आधारभूत नियोजन सेवा मापदण्ड स्वमुल्याँकनमा केरवानी स्वस्थ्य चौकी, बर्थिङ्ग सेन्टरमा कार्यरत मध्य उत्कृष्ट परिचालक निरु श्रेष्ठ र स्वास्थ्य चौकी प्रमुख मध्य नविन्तम कार्यहरु र उत्कृष्ट कार्य गरि स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीनाथ रेग्मिलाइ नगरपालिकाले सम्मान गरेको हो । 

    देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले कार्यक्रमको बारेमा बुझाउँदै कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए । 

    कार्यक्रम देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र देवदह नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गिरि त्रामुको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।