Logo

२०८३, श्रावण २७गते


images
images

रक्तदान - जीवनदान

नियमित रक्तदानको १०० औं श्रीङ्खला : २० हजार युनिट बढी रगत संकलन 

नियमित रक्तदानको १०० औं श्रीङ्खला : २० हजार युनिट बढी रगत संकलन 

images
  • नियमित रक्तदानको १०० औं श्रीङ्खला : २० हजार युनिट बढी रगत संकलन 
    images
    images

    नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले २०६९ चैतदेखि सुरु गरेको नियमित रक्तदानको १०० औं श्रीङ्खलामा आईपुग्दासम्म २० हजार युनिट भन्दा बढी रगत संकलन गरिएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले नियमित रुपमा रक्तदान गर्दै आएको छ । शनिबार नियमित रक्तदानको १०० औं महिना पुरा भएको हो । 

    images
    images
    images

    २०-२१ जनाको भेलाबाट स्वयमसेवी रक्तदाता समाज गठन गरेको यो अभियानमा अहिले ५ सय भन्दा बढी युवा जोडिएका छन् भने सरदर १ हजारको संख्या नियमित (प्रत्येक ३ महिनामा) रक्तदानमा सहभागि हुन्छन् । समाजमा आजिवन सदस्य लिएको संख्या ५ सय बढी रहेको समाजका जिल्ला अध्यक्ष कृष्ण चौहानले बताए । उनका अनुसार त्यस बाहेक सोही संख्यामा नियमित रक्तदान गर्नेछन् । received_2866666356915801.jpeg

    images
    images
    images

    रगत नपाए बुटवल आउनु भन्ने सन्देश प्रवाह गरेको समाजले रुपन्देही सहित माग भई आएका स्थानमा समेत रगतको प्रवन्ध मिलाउँदै आएको छ । बिशेष गरेर २०७२ को भूकम्पपछि काठमाण्डौमा रगतको अभाव भएको थियो । त्यसवेला समाजकै व्यबस्थापनमा ३१५ युनिट रगत काठमाण्डौ पठाईएको थियो । 

    images
    images
    images

    त्यस्तै डेंगुका बिरामीलाई पनि पिआरपि (रक्ततत्व) आवश्यक हुन्छ । त्यसमा ताजा रगत चाहिन्छ । रुपन्देहीमा डेंगुका महामारी हुँदा पनि समाजले रगतको आपूर्ति सहज बनाउनको लागि बिशेष भूमिका खेलेको छ । 

    अहिले मुलुक कोरोना भाईरस महामारीसंग जुधिरहेको छ । जसका कारण रक्तदान कार्यक्रम गर्न सहज नहुँदा रगत संकलन कार्य समेत प्रभावित भएको छ । यस्तो महामारीको बेलामा पनि रगतको आपूर्ति सहज गराउनको लागि समाजले भूमिका खेल्दै आएको छ ।
    बिशेष गरेर पहिलो भेरियन्टको कोरोना भाईरस संक्रमणको समयमा कोरोना बिरुद्ध प्लाज्मा थेरापी उपयोगि मानिएको थियो । अध्यक्ष चौहानका अनुसार त्यो बेला कोरोना निको भएका करिव ४ सय जनाको प्लाज्मा दान गराईएको थियो । 

    यस बिचमा समाजले रक्तदान प्रवद्र्धनका कार्यक्रम समेत सञ्चालन गरेको छ । ‘स्टार्ट १८ स्टार्स टिम’ गठन गरि सोही टिम मार्फत रक्तदान आरम्भको अभियान चलाएको हो । १८ वर्ष पुगेका युवायुवती लक्षित यो कार्यक्रम रक्तदान गर्न उमेर पुगेका युवायुवतीलाई प्ररणा र हौसला प्रदान गर्नुको साथै रक्तदानलाई प्रवद्र्धन गर्ने अध्यक्ष चौहानले बताए । 

    समाजले त्यो भन्दा पनि महत्वपूर्ण रगतमा लिईने सेवा शुल्क निःशुल्क गराउन पैरवी समेत गर्दै आएको थियो । सोही अनुसार रुपन्देहीको देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाले नगरबासीलाई रगत निःशुल्क गराएको थियो भने अहिले लुम्बिनी प्रदेश सरकार रगतमा लाग्ने सेवा शुल्कलाई निःशुल्क बनाउने घोषणा सहित बजेटको समेत व्यबस्था गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।