देवदह । देवदह बुद्ध पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीले विभिन्न फलफूल र फुलका बिरुवाहरू रोपेका छन् ।
देवदह ५ मा रहेको कोलीय शान्ति पार्कमा विद्यार्थीले एक हजार बढी विभिन्न फलफूल र फुलका बिरुवाहरू लगाएका हुन् । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत तीन सय विद्यार्थीले बिरुवा रोपेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीले जानकारी दिए। विद्यालयमा गठित सामाजिक क्लबको आयोजनामा पार्क क्षेत्रमा बिरुवा रोपेका हुन्।
कार्यक्रममा देवदह बुद्ध पब्लिक आवसिय मावि +२ इन्चार्ज विराट भुसाल, देवदह नगरपालिकाका नगर प्रवक्ता एवम् देवदह नगरपालिका वडा नं ५ का वडाध्यक्ष गणेश डुम्रे, विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरे, स्थानीय र शिक्षकहरूको उपस्थितिमा रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology