Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजना गम्भीर घाईते

देवदह बुद्ध पब्लिकको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजना गम्भीर घाईते

images
  • देवदह बुद्ध पब्लिकको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजना गम्भीर घाईते
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ३ सेमरहनामा देवदह बुद्ध पब्लिकको आवासिय विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजना गम्भीर घाईते भएका छन्। सोमबार बिहान ९ बजेर ५० मा भएको उक्त दुर्घटनामा परि मोटरसाइकल चालक गम्भीर घाइते भएको देवदह प्रहरी चौकीले जनाएको छ । 

    images
    images
    images

    देवदह नगरपालिका वडा नं ५ मा रहेको देवदह बुद्ध पब्लिक आवासिय माविको लु १ क १२४ नम्बरको बसले लु ३४ प ७६९४ को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सुनवल -८ का लक्ष्मण श्रेष्ठ गम्भीर घाइते भएको देवदह प्रहरी चौकीका ट्राफिक इन्चार्ज ढाकाराम अधिकारीले जानकारी दिए । मोटरसाइकल चालकको टाउकोमा खुन जमेको र तिलोत्तमाको क्रिमसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनाबारे जानकारी लिन खोज्दा विद्यालयका प्राचार्य कृष्णप्रसाद  गैरेले घाइतेको अवस्था सामान्य रहेको बताए। 'दुर्घटनाको कारण के होला' भन्ने हाम्रो प्रश्नमा उनले आफु घटनास्थलमा नरहेकोले ठ्याक्कै भन्न सक्ने अवस्था नरहेको बताए। 

    images
    images
    images

    घटनाको कारण र प्रकृतिबारे देवदह प्रहरी चौकीका ट्राफिक इन्चार्ज अधिकारीले साँघुरो सडक र बढी स्पिडका कारण दुर्घटना भएको हुनसक्ने बताए। "प्रकृति हेर्दा बसले मोटरसाइकललाई अलि पेलेको देखिन्छ, सडकपनि साँघुरो भएको र स्पिड बढी भएकै कारण दुर्घटना भएको हुनसक्छ" उनले भने। बस तिब्र गतीमा भएका कारण ब्रेक लगाउँदा पनि करिव ४ मिटरको दुरीसम्म घिसारिएको घटनास्थलमा देखिएको उनको भनाई छ। 

    यस क्षेत्रका विद्यालयका सवारी साधनहरू बढी स्पिडमा गुडाईने र क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेको स्थानीयको गुनासो सहितको जिज्ञासा देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मालाई गर्दा उनले स्पिडबारे प्रहरीले नै बताउने सक्ने तर क्षमताभन्दा बढी विद्यार्थी बोकिएको हो भने चै त्यसो गर्न नपाईने बताए । 

    स्मरण रहोस् केहि समयअघि सोहि विद्यालयका एकजना सह-चालकको विद्यालयमै लडेर मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।