Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिकाको शिक्षा नीति : विद्यालयमा खाजा रकम बृद्धिदेखि विश्वविद्यालयमा छात्रवृत्तिसम्म

देवदह नगरपालिकाको शिक्षा नीति : विद्यालयमा खाजा रकम बृद्धिदेखि विश्वविद्यालयमा छात्रवृत्तिसम्म

images
  • देवदह नगरपालिकाको शिक्षा नीति : विद्यालयमा खाजा रकम बृद्धिदेखि विश्वविद्यालयमा छात्रवृत्तिसम्म
    images
    images

    देवदह । देवदह नगरपालिकाको १२ औँ नगरसभामा नगर प्रमुख ध्रुवप्रसाद खरेलले आइतबार नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरे। नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब सात करोड  २४ लाख ४५ हजारको विनियोजित विधेयक सहितको नीति तथा कार्यक्रममा नगरपालिकाले शिक्षा क्षेत्रमा केही नयाँ योजना अघि सारेको छ भने केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    images
    images
    images

    नगरपालिकाले विद्यालय शिक्षातर्फ १६ र उच्च शिक्षातर्फ चार गरी २० बुदे कार्यक्रम ल्याएको छ । जसमा देवदह नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १-५ मा अध्यनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै प्रति व्यक्ति खाजा रू. २०/- बनाइने उल्लेख छ । यसअघि प्रती विद्यार्थी १५ रूपैयाँ दिईने गरेको प्रतिव्यक्ति पाँच रुपैया थप गरी दिवा खाजालाई २० रुपैया पूर्याईएको हो।

    images
    images
    images

    उत्कृष्ट  नतिजा प्राप्त गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई नतिजामा आधारित रही सम्मान गरिने विषयलाई यो पटक देवदह नगरपालिकाले नीति तथा कार्यक्रम मै समेटेको छ। नतिजामा आधारित रही सम्मान कार्यक्रमले देवदहको शिक्षाको गुणस्तरमा बृद्धि हुने अपेक्षा नगरपालिकाले गरेको छ । 

    images
    images
    images

    त्यसैगरी आधारभूत र माध्यमिक तहमा हाल नगरपालिकाको अनुदानबाट राखिएका शिक्षकलाई निरन्तरता दिइनुका साथै यसरी अनुदानबाट तलव भत्ता पाउने शिक्षकहरुलाई 'नगर शिक्षक' नामाकरण गरिने विषयलाई समेत नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । नगर शिक्षक नामाकरणले मात्रै पनि धेरै फरक पार्ने र शिक्षकलाई समेत थप जिम्मेवारीबोध हुने हुनाले यसरी नामाकरण गरिएको शिक्षा शाखाले जनाएको छ । 

    एकाघरका सदस्यहरु र संरक्षक समेत कोही नभएका अनाथ र अति विपन्न बालबालिकाको माध्यमिक शिक्षासम्मको सम्पूर्ण दायित्व नगरपालिकाले ग्रहण गर्ने नीति अवलम्बन गर्ने भएको छ । जसको कोही छैन उसको साथमा नगर सरकार छ भन्ने अनुभूति नगरवासीलाई दिलाउन र राज्य नै नागरिकको अभिभावक हो भन्ने मान्यता अनुसार उक्त कार्यक्रम ल्याईएको जनाईएको छ।

    त्यसैगरी कक्षा ५ को परीक्षाको प्रश्नपत्र समेत नगरपालिकाले उपलब्ध गराउने नीति अबलम्बन गरेको नगरपालिकाले विज्ञहरुको समूह बनाई शैक्षिक सुधारका प्रयासहरु गर्ने, आधारभुत तहको शिक्षा पुर्ण रुपमा निशुल्क गर्न थप प्रयास गर्ने, गुरुकुल शिक्षालाई प्रोत्साहन र व्यवस्थापन गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।

    यस्ता छन निरन्तरता दिईएका कार्यक्रम

    नगरपालिकाले केही प्रभावकारी पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ। जसमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीका लागि नगरपालिकाबाट दिदै आएको सुविधालाई निरन्तरता दिने, देवदहमा थप प्राबिधिक शिक्षालय स्थापनाको लागि पहल गर्ने, CTEVT र अन्य तालीम प्रदायक संस्थासँगको सहकार्यमा SEE अनुत्तिर्ण युवा लक्षित छोटो अवधिका सिपमूलक तालिमहरु प्रदान गर्ने जनाईएको छ । 

    त्यसैगरी  सामुदायिक विद्यालयको कक्षा ६-१२ मा अध्ययनरत सम्पूर्ण छात्राहरुको लागि गुणस्तरीय स्यानिटरी प्याड वितरण कार्यलाई निरन्तरता दिने र औचित्य र आवश्यकताका आधारमा विद्यालय मर्ज अभियान र दरबन्दी मिलान अभियानलाई निरन्तर अगाडी बढाउने कार्यक्रमलाई समेत नगरपालिकाले निरन्तरता दिएको छ ।

    नगर सभाबाट पारित नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धि कार्यक्रम (जस्ताको तस्तै)

    १) देवदह नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १-५ मा अध्यनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै प्रति व्यक्ति खाजा रू. २०/- बनाइनेछ ।

    २) उत्कृष्ठ नतिजा प्राप्त गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई नतिजामा आधारित रही सम्मान गरिने छ । 

    ३)सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीका लागि नगरपालिकाबाट दिदै आएको सुविधालाई निरन्तरता दिइने छ । 

    ४)नगरपालिकास्तरीय विविध प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरि विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटन गरिने छ ।

    ५) देवदहमा थप प्राबिधिक शिक्षालय स्थापनाको लागि पहल गरिने छ । CTEVT र अन्य तालीम प्रदायक संस्थासँगको सहकार्यमा SEE अनुत्तिर्ण युवा लक्षित छोटो अवधिका सिपमूलक तालिमहरु प्रदान गरिने छ । 

    ६) सामुदायिक विद्यालयको कक्षा ६-१२ मा अध्ययनरत सम्पूर्ण छात्राहरुको लागि गुणस्तरीय स्यानिटरी प्याड वितरण कार्यलाई निरन्तरता दिइनेछ ।

    ७) आधारभूत र माध्यमिक तहमा हाल नगरपालिकाको अनुदानबाट राखिएका शिक्षकलाई निरन्तरता दिइनुका साथै यसरी अनुदानबाट तलव भत्ता पाउने शिक्षकहरुलाई नगर शिक्षक नामाकरण गरिनेछ । 

    ८) औचित्य र आवश्यकताका आधारमा विद्यालय मर्ज अभियान र दरबन्दी मिलान अभियान लाई निरन्तर 
    अगाडी बढाइनेछ ।

    ९) एकाघरका सदस्यहरु र संरक्षक समेत कोही नभएका अनाथ र अति विपन्न बालबालिकाको माध्यमिक शिक्षासम्मको सम्पूर्ण दायित्व नगरपालिकाले ग्रहण गर्ने नीति अवलम्बन गरिने छ । 

    १०) नगरस्तरीय आधारभूत तहको परीक्षालाई थप व्यवस्थित गर्नुका साथै कक्षा ५ को परीक्षाको प्रश्नपत्र समेत नगरबाटै उपलब्ध गराउने व्यवस्था मिलाइने छ । 

    ११) सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन तथा सुपरिवेक्षणलाई नियमित र प्रभावकारी बनाइने
    छ । 

    १२) नगर शिक्षा समिति तथा शिक्षा शाखाबाट कक्षा अवलोकन, नमूना शिक्षण र पृष्ठपोषण कार्यक्रम संचालन गरिने छ । 

    १३) संघ प्रदेश र स्थानीय तहको समन्वय एवं सहकार्यमा विद्यालयको भैतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिईने छ । 

    १४) विज्ञहरुको समूह बनाई शैक्षिक सुधारका प्रयासहरु गरिने छ । 

    १५. आधारभुत तहको शिक्षा पुर्ण रुपमा निशुल्क गर्न थप प्रयास गरिने छ ।

    १६) गुरुकुल शिक्षालाई प्रोत्साहन र व्यवस्थापन गरिने छ ।

    १७) देवदह आदर्श बहुमुखी क्याम्पसलाई स्नातकोतर तहसम्मको अध्यापन शुरु गरी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक समन्वय र सहयोग गरिने छ ।

    १८) लुम्बिनी बौद्ध विश्वविद्यालयसँग शिक्षाका विविध आयामहरुमा सहकार्य र सहयोगको नीति अबलम्बन गरिने छ । 

    १९) गरिब, दलित, महिला तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको प्रदान गर्ने व्यवस्था लाई निरन्तरता दिईने छ ।

    २०) लुम्बिनी बौद्ध विश्व विद्यालयमा स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गर्न चाहने देवदह नगरवासीहरुलाई विश्वविद्यालयको छात्रवृत्तिको कार्यक्रममा समावेश गर्न समन्वय तथा सहजिकरण गर्न पहल गरिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।