नविन लुइँटेल, रुपन्देही । देवदह नगरपालिकालाई आगामी ५ वर्षभित्र फोहोर मुक्त नगर बनाउने लक्ष्य लिएको उपप्रमुख बिद्यालक्ष्मी गुरुङले बताएकी छ्न्।
सोमबार देवदह वडा नं, ५ मा कम्पोस्ट बिन वितरण कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताइकी हुन्।
उनले भनिन् "नगरको पाँच वर्षको योजना अनुसार फोहोर मुक्त नगर बनाउने हाम्रो लक्ष्य छ" सोही अनुरुप घरबाट निस्किने फोहोरलाई घरमै ब्यवस्थापन गर्न प्रत्येक वडामा कम्पोस्टबिन वितरण गरेका हौ । उनले सफा र सुन्दर देवदहको अभियानमा लागी परेको समेत बताइन् ।
सोही कार्यक्रम कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले कम्पोस्टबिन वितरण पछि कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर नगरपालिकाको गाडीमा फाल्न आग्रह गरेका छ्न । उनले वडाभित्रका टोल सुधार समितिद्वारा संचालित सरसफाइ अभियानमा आफुपनी प्रत्येक हप्ता सहभागी भएको बताए । डुम्रेले जनप्रतिनिधिले मात्र नभई जनतापनि बिकास निर्माण र सामाजिक काम जागरुक हुनु पर्ने आवश्यक रहेको बताए ।
देवदह नगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरि फोहोर व्यवस्थापनमा चासो देखाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology