Logo

२०८३, श्रावण २७गते


images
images

 देवदह आदर्शमा अर्जुन गैरे नेतृत्वको अनेरास्ववियु प्यानल विजयी

 देवदह आदर्शमा अर्जुन गैरे नेतृत्वको अनेरास्ववियु प्यानल विजयी

images
  •  देवदह आदर्शमा अर्जुन गैरे नेतृत्वको अनेरास्ववियु प्यानल विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) को एकल प्यानल विजयी भएको छ। आइतबार सम्पन्न स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ अनेरास्ववियुका अर्जुन गैरेले नेतृत्व गरेको प्यानल नै विजयी भएको छ भने समानुपातिक तर्फ पनि अनेरास्ववियु नै पहिलो भएको छ। 

    images
    images
    images

     प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा अर्जुन गैरेले २९१ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेविसंघ र अखिल (समाजवादी) तर्फका माधव भट्टराईले १७६ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारीकी धनीकुमारी पन्थि ५५ मत प्राप्त गरेकी छन्। 

    images
    images
    images

    सचिवमा अखिलकै गौरव ज्ञवाली विजयी भएका छन्।  उनले २७८ मत प्राप्त गरेका छन् भने नेविसंघकी सबिता अधिकारिले १३७ र क्रान्तिकारीका रबिन न्यौपाने ८२ मत प्राप्त गरेका छन्। 

    images
    images
    images

     कोषाध्यक्षमा अखिलका सोभराज जैसि २५९ मत ल्याएर विजयी भएका छन् भने नेविसंघसंगको संयुक्त प्यानलका अखिल (समाजवादी) का शिशिर भट्टराईले ११९ र क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत ल्याएका छन्। 

    सदस्यमा अनेरास्ववियुकै रबिन परियार- ३१३, अ्मृता पाठक - २७५, भुवन थापा - ३२०, लेखिका मल्ल - २७४ र सरोज गिरि - २९५ मत सहित विजयी भएका छन् भने  नेवि संघका सुस्मिता न्यौपाने- १६३, दिनेश न्यौपाने - १७९, आरति पराजुलि - १५४, रस्मि अधिकारि - १७७ र क्रान्तिकारीका लक्ष्मण भट्टराई - ७७, मोनिका सुनार - ५७, सुनिता गैरे - ५१ र अखिल (समाजवादी)का  रचना पोखरेल - ११२ मत प्राप्त गरेका छन्। 

    यता समानुपातिकतर्फ अखिलले २९०, नेविसंघले १४४, अखिल (समाजवादी) ले ६९ र क्रान्तिकारीले ५२ भोट प्राप्त गरेको छ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।