Logo

२०८३, श्रावण २७गते


images
images

देवदह आदर्श बहुमुखी क्याम्पसमा खेल सप्ताह हुने

देवदह आदर्श बहुमुखी क्याम्पसमा खेल सप्ताह हुने

images
  • देवदह आदर्श बहुमुखी क्याम्पसमा खेल सप्ताह हुने
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसको १७ औं क्याम्पस सभाको अवसरमा खेल सप्ताह हुने भएको छ । पौष १६ गते हुने क्याम्पस सभा अघि खेल सप्ताहको आयोजना गरिएको क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण प्रसाद अर्यालले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार बाह्य कार्यक्रम अन्तर्गत पौष ६ गते विहान ७ बजे देवदह क्रिकेट युनिटको मैदानमा दौड प्रतियोगित हुनेछ । जसमा १०० मिटर (छात्र/छात्रा),२०० मिटर (छात्रा), ४०० मिटर (छात्र / छात्रा), ८०० मिटर (छात्र), सट पुट (छात्र / छात्रा), ज्याभलि थ्रो (छात्र / छात्रा) रहेको छ ।

    images
    images
    images

    त्यस्तैगरी पौष ७ गते छात्र भलिबल र छात्रा म्युजीकल चियर, पौष ८ गते छात्रा भलिबल, छात्र बास्केटबल प्रतियोगिता हुनेछ । पौष ९ गते छात्र टेवल टेनिस र छात्रा रस्साकस्सी हुनेछ । पौष ११ गते फुटबल,  पौष १३ क्रिकेट र छात्रा व्याटमिन्टन हुनेछ ।

    images
    images
    images

    आन्तरिक कार्यक्रम तर्फ ७ गते निबन्ध लेखन, ८ गते वक्तृत्वकला, ९ गते कविता र ११ गते लोक नृत्य प्रतियोगिता हुनेछ । देवदहमा पर्यटन विकासको सम्भावना र चुनौती बिषयमा निबन्ध र समाज परिवर्तनमा युवा विद्यार्थीको भूमिका बिषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।