देवदह । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा आयोजित खेल सप्ताहअन्तर्गत एथलेटिक्स लगायतका खेल प्रतियोगिताहरू सम्पन्न भएका छन् । क्याम्पसको १७ औँ क्याम्पस सभाको अवसरमा आइतवारदेखि खेल सप्ताह सुरु भएको हो ।
खेल सप्ताहअन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड, सटपुट तथा जेभलिन थ्रो प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बीबीएस र बीएड तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको क्याम्पसले जनाएको छ । क्याम्पस परिसर तथा देवदह क्रिकेट मैदानमा सञ्चालन भएका प्रतियोगिताहरूमा विद्यार्थीहरूले उत्साहजनक प्रदर्शन गरेको क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण प्रसाद अर्यालले जानकारी दिए ।
प्रतियोगितामा १०० मिटर दौड (पुरुष) तर्फ यमलाल पौडेल प्रथम, अविशेष विक द्वितीय र सौरभ न्यौपाने तृतीय भएका छन् । सोही दूरीको महिला समूहमा दिपा थारु प्रथम, कृष्टा कुँवर द्वितीय र सम्झना भर तृतीय भएका छन् ।
त्यसैगरी छात्रातर्फ २०० मिटर दौडमा दिपा थारु प्रथम, सलिना पौडेल द्वितीय र केश कुमारी खाम्चा तृतीय भएका छन् । ४०० मिटर छात्रतर्फ सिद्धान्त थापा, गौतम श्रेष्ठ र यमलाल पोख्रेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् ।
४०० मिटर दौड छात्रा तर्फ रन्जना गुप्ता, रोशनी क्षेत्री, नेहा गिरी प्रथम, द्वितीय र तृतीय भएका छन् भने ८०० मिटर छात्र तर्फ गौतम श्रेष्ठ, सिद्धान्त थापा र सुजन विक क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् ।
साथै सटपुट र जेभलिन थ्रोतर्फ प्रतिस्पर्धात्मक खेल भएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology