राहुल देव सापकोटा, देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं १० को चरङ्गेमा विभिन्न सांस्कृतिक तथा अन्य कार्यक्रमहरु गरि मगर दिवस मनाइने भएको छ। मगरहरुको महानपर्वको रुपमा लिइने फाल्गुन पन्ध्रलाइ भव्यताका साथ मनाउन लागिएको कार्यक्रम संयोजक सुरेस रानाले बताए ।
नेपाल मगर संघ वार्ड नं १० इकाई समितिले नेपाल मगर संघ युवा समितिलाइ सो कार्यक्रम को जिम्मेवारी दिए बौमोजिम कार्यक्रम गर्न लागिएको रानाले बताए। मगरहरुको एकरुपता बनाउन र मगर संस्कृति जोगाउनका लागि यो कार्यक्रम आवश्यक रहेको उनले बताए। बिगतको वर्षमा करिव दस हजारको हारहारीमा दर्सकहरुको उपस्तिथि रहेकोमा यो वर्षको सो कार्यक्रममा करिव पन्ध्र देखि बीस हजार सम्म दर्शक आउने अनुमान गरिएको उनको भनाइ छ।
कार्यक्रममा मगर समुदायको मात्र सहभागीता नभएर त्याहा बसोबास गर्ने सबै जातजातिको उल्लेखनीय सहभागीता रहने भएकाले कार्यक्रमले विविधतामा एकतलाइ पनि संवर्धन गर्ने पत्रकार सम्मेलनमा उनले बताए।
मगर सङ्गै अन्य जातजातिका भेषभुषा र खानाका परिकार सहितको उक्त कार्यक्रममा ख्याती प्राप्त कलाकार खेम सेन्चुरी र तारा श्रीसको बेजोड प्रस्तुती रहने उनले बताए।
कार्यक्रममा वडा नं १० का होटल व्यवसाय, वार्ड नं १० को वडा कार्यालय र बिदेशमा रहेका चरङ्गेका बासिन्दाको सहयोगमा उक्त कार्यक्रम गर्न लागिएको उनी बताउँछन जसको अनुमानित खर्च ४०००००/- रहेको उनको भनाइ छ। गत वर्ष मगर दिवसको कार्यक्रममा सो क्षेत्रमा चालीस लाख सम्मको व्यवसायीक कारोबार भएको उनको भनाइ छ।
मगर दिवसकै अवसरमा फाल्गुन १४ गते रक्तदान कार्यक्रम सङ्गै विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिएको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology