Logo

२०८३, श्रावण २७गते


images
images

नदिजन्य पदार्थ 'डम्पिङ्ग'को जरिवानाबाट झन्डै आधा करोड राजश्व उठाउँदै देवदह नगरपालिका

नदिजन्य पदार्थ 'डम्पिङ्ग'को जरिवानाबाट झन्डै आधा करोड राजश्व उठाउँदै देवदह नगरपालिका

images
  • नदिजन्य पदार्थ 'डम्पिङ्ग'को जरिवानाबाट झन्डै आधा करोड राजश्व उठाउँदै देवदह नगरपालिका
    images
    images

    विष्णु पोखरेल, देवदह । देवदह नगरपालिकाले नदिजन्य पदार्थको पुरानो डम्पिङ्गबाट जरिवाना स्वरुप झन्डै आधा करोड राजश्व संकलन गर्ने भएको छ। नगरकार्यपालिकाको माघ २४ गते बसेको १३७औं बैठकले स्टक प्रमाणीकरण नगरेको पुरानो डम्पिङ्गलाई नियमानुसार जरिवाना गर्ने निर्णयसंगै पाँच वटा फर्मबाट झन्डै आधा करोड अर्थात ४७ लाख ५१ हजार २३६ रुपैयाँ राजश्व संकलन हुने भएको हो। 

    images
    images
    images

    सोमबार बैठकका निर्णय सार्वजनिक गर्दै नगर प्रवक्ता गणेश डुम्रेले प्रत्येक आर्थिक बर्षको डम्पिङ्ग सोहि बर्षको असार मसान्तसम्म खाली गर्नुपर्नेमा त्यसो नगरेका फर्मलाई जरिवाना गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिए। निर्णय सार्वजनिक गर्दै प्रवक्ता डुम्रेले भने, "देवदह नगरपालिकाको नदिजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा समयावधी नाघेका डम्पिङ्गलाई प्रति घनफुट दुई रुपैयाँ जरिवाना हुने व्यवस्था छ। सोहि व्यवस्थामा टेकेर विभिन्न पाँच वटा फर्मलाई जरिवाना गर्ने निर्णय भएको छ।"

    images
    images
    images

    नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार श्रेष्ठ ट्रेडिङ् सप्लायर्स श्रेष्ठ कन्स्ट्रक्सन, आचार्य विल्डर्स, लुम्बिनी देवदह कन्स्ट्रक्सन, क्रिशव निर्माण सेवा र खनाल कान्छा सप्लायर्सलाई नगरपालिकाले जरिवाना गरेको छ। 

    images
    images
    images

    साथै कोरोना अवधीका कारण निर्माण कम भएको र समयमै डम्पिङ्ग खालि गर्न नसकिएको भन्दै व्यवसायीले सहुलियत माग गरेपछि दुई किस्तामा राजस्व तिर्न मिल्ने व्यवस्था समेत नगरपालिकाले मिलाएको छ।  नगरकार्यपालिकाको १३८औं बैठकले व्यवसायीलाई दुई किस्तामा जरिवाना भुक्तानी गर्ने सहुलियत दिएको जानकारी दिंदै प्रवक्ता डुम्रेले १५ दिनभित्र ४० प्रतिशत भुक्तानी गर्ने र बाँकी ६० प्रतिशत भुक्तानी ९० दिनभित्र गर्ने बैंक ग्यारेन्टी पत्र व्यवसायीले नगरपालिकामा उपलब्ध गराउन पर्ने व्यवस्था मिलाईएको जानकारी दिए।  साथै चैत्र १५ गतेसम्म डम्पिङ्ग खाली गर्नुपर्ने निर्णय समेत नगरकार्यपालिकाले गरेको छ।  

    जिल्ला समन्वय समिति रुपन्देहीको अनुगमन टोलिले  गत भदौ २ गते अनुगमन गर्दै देवदहमा डम्पिङ्ग गरिएका नदिजन्य पदार्थलाई बैध र अबैध गरि दुई भागमा छुट्याएको थियो । लगत्तै भदौ ५ गते देवदह नगरपालिकाकालाई पत्र लेख्दै अबैध नदिजन्य पदार्थ जफत गर्न र बैध तर म्याद नाघेको डम्पिङ्गलाई १५ प्रतिशत जरिवाना लिएर भदौ मसान्तभित्र डम्पिङ्ग खालि गर्न निर्देशन दिएको थियो।  लगत्तै बसेको नगरकार्यपलिका बैठकले जिससको निर्णय कार्यान्वयन गर्न समिति गठन गरेको थियो । तत्पश्चात देवदह नगरपालिकाको नदिजन्य पदार्थ व्यवस्थापन कार्यविधि अनुसार म्याद नाघेका डम्पिङ्गबाट प्रति घनफुट दुई रुपैंया जरिवाना लिने वा जिल्ला समन्वय समितिको १५ प्रतिशत जरिवाना लिनु भन्ने पत्रलाई आधार मानेर जाने भन्ने विषयमा कानुनी सल्लाहकारसंग नगरपालिकाले राय लिएको थियो।  कानुनी सल्लाहकारले नगरपालिकाले बनाएको कार्यविधि अनुसार गर्नुपर्ने राय दिएपछि नगरपालिकाले जिल्ला समन्वय समितिलाई पत्र लेखेर थप राय लिएको थियो।  जिल्ला समन्वय समितिले समेत नगरपालिकाको कार्यविधि अनुसार कारवाही गर्नुभन्ने राय दिएपछि २ रुपैया प्रतिघनफ़ुट जरिवाना लिने निर्णय नगरकार्यपलिकाले  गरेको हो । 

    साथै जिल्ला समन्वय समितिले अबैध ठहर गरि जफत गर्न निर्देशन दिईएका डम्पिङ्गको नदिजन्य पदार्थ नगरपालिकाले जफत गरि खाल्डाखुल्डी पुर्न प्रयोग गरिएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।