Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

उत्खनन्को प्रभावकारी मापदण्ड नहुँदा देवदहमा नदिजन्य पदार्थको तस्करी नियन्त्रण हुन सकेन

उत्खनन्को प्रभावकारी मापदण्ड नहुँदा देवदहमा नदिजन्य पदार्थको तस्करी नियन्त्रण हुन सकेन

images
  • उत्खनन्को प्रभावकारी मापदण्ड नहुँदा देवदहमा नदिजन्य पदार्थको तस्करी नियन्त्रण हुन सकेन
    images
    images

    देवदह । देवदहका नदिहरुमा उत्खनन्को प्रभावकारी मापदण्ड नहुँदा नदिजन्यपदार्थको तस्करी नियन्त्रण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

    images
    images
    images

    नदिजन्य पदार्थको तस्करी नियन्त्रणका लागि आवश्यक थुप्रै काम गर्न सकिने भएपनि त्यसो हुन नसकको प्रति सरोकारवालाहरुले गुनासो गरेका हुन् ।

    images
    images
    images

    देवदह नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने घोडाहा, रोहिणी, सरन, भलुही, चरंगे लगाएतका खोलाहरुबाट दिगो रुपमा ढुङ्गा, गिट्टी बालुवा तथा भस्कट संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परिक्षण (आईईई ) अध्ययन प्रतिवेदन तयारी गर्न सरोकारवालाहरुबिच आयोजित छलफल कार्यक्रमका वक्ताहरुले नदीजन्य पदार्थ उत्खनन्का लागि बनेका संघिय, प्रदेश तथा नगरपालिकाको कार्यविधि विच तालमेल नमिलेका कारण समस्या हुने गरेको बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले कार्यविधिमा समस्या भएको भए त्यसलाई सच्चाएर भएपनि समस्या समाधान गर्नुपर्ने सुझाव दिए ।

    वडा नं ६ का अध्यक्ष खेमबहादुर थापाले नदिजन्य पदार्थ उत्खनन् पश्चात प्रभावित क्षेत्रलाई उपलब्ध गराउनुपर्ने २५ प्रतिशत रकम हालसम्म वितरण नगरिएको र यसपटक उक्त रकम विनियोजन गरिएको बताए ।

    सहभागिहरुले नदीहरुको टेण्डर हुनुपर्ने समयमा अध्ययनको तयारी गरिनुनै समस्याको जड भएको सो अवसरमा बताए । उनीहरुले हरेक वर्ष यसरी नै सुझाव संकलन गरिने तर कार्यान्वयनको पाटो फितलो हुँदा नगरपालिका समस्या समाधान तर्फ उदासिन देखिएको आरोप लगाए । 

    उनीहरुले नदीको ठेक्का लगाउनुपूर्व पहिलो चरणमा स्थानीय स्तरमै रोयल्टी तोकेर ढुङ्गा संकलन गर्न दिनुपर्ने र त्यसपछि आवश्यक परेमा मात्र हेभी इक्वीपमेन्ट प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने सुझाव दिए ।

    देवदह नगरपालिकाको हकमा हरेक वर्ष मापदण्ड भन्दा बढि नदीजन्य पदार्थ उत्खनन भईरहेको भन्दै सहभागिहरुले यसको नियन्त्रणको लागि रोयल्टी रकम कम गरेरै भएपनि बढि उत्खनन्ु हुने कार्यलाई रोक्नुपर्ने बताए । 

    कार्यक्रममा शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेल, हरि मरासिनी, चन्द्रकान्ता खरेल, भरत गुरुङ, लोकेन्द्र जर्घा, सम्मर बहादुर जर्घा,  सञ्चारकर्मीहरुको तर्फबाट पवन पौडेल, निर्मल थापा, तिलोचन दाहल लगाएतले बोल्दै अनियन्त्रित रुपमा हुने नदीजन्य पदार्थको उत्खनन्ले पानीका मुहान सुक्ने समस्या विकराल बन्दै गएको प्रति सचेत हुन आग्रह गरे । 

    नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख रमेश गिरीको अध्यक्षता र वातावरण तथा विपद् मुल्याङ्कन शाखाका प्रमुख रवि पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा प्लेटफर्म इन्जिनियरिङ कन्सल्टेन्सीका मुरलिधर नेपालले सहभागीहरुबाट उठेका सुझाव र विषयवस्तुको टिपोट गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।