Logo

२०८३, श्रावण २७गते


images
images

अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता: देवदह नगरपालिका बन्यो च्याम्पियन

अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता: देवदह नगरपालिका बन्यो च्याम्पियन

images
  • अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता: देवदह नगरपालिका बन्यो च्याम्पियन
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालित दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजक देवदह नगरपालिकाले जितेको छ। फाईनल खेलमा सिद्धार्थ नगरपालिकालाई हराउदै देवदह नगरपालिकाले प्रतियोगिताको उपाधी जितेको हो । 

    images
    images
    images

    निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा गएको थियो । ट्राईवेकरको आधारमा दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताकाको उपाधी देवदह नगरपालिकाले जितेको हो । ट्राईवेकरमा सिद्धार्थ नगरपालिकाका खेलाडीले प्रहार गरेकोे बल देवदह नगरपालिकाका किपरले रोक्न सफल भएपछि उपाधी आफनो पोल्टामा पार्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट कुनैपनि गोल गर्न नसकेपछि ट्राईवेकरमा ५ का विरुद्ध ६ गोल गर्दै देवदह नगरपालिकाले उपाधी चुमेको हो । 

    images
    images
    images
    330273347_1535376823539734_2705246056833437827_n.jpg

    जीतसंगै देवदह नगरपालिकाले नगद ५१ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउनु परेको सिद्धार्थ नगरपालिकाले नगद ३१ हजार, मेडल, ट्रफी र मेडल प्राप्त गरेको छ । 

    images
    images
    images

    नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा भएको दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगितामा रुपन्देहीका ११ पालिकाको सहभागिता रहेको थियो । 

    विजेता खेलाडीहरुलाई एक कार्यक्रमका वीच देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले पुरस्कार प्रदान गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।