Logo

२०८३, कार्तिक २६गते


images
images

विद्यार्थीलाई मुख स्वास्थ्य सम्बन्धि शिक्षा

विद्यार्थीलाई मुख स्वास्थ्य सम्बन्धि शिक्षा

images
  • विद्यार्थीलाई मुख स्वास्थ्य सम्बन्धि शिक्षा
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा नगरपालिकाभित्रका सबै सरकारी विद्यालयमा मुख स्वास्थ्य शिक्षा स्वास्थ्य जाँच एवम एचबी नमुना परिक्षण कार्यक्रम सुरु भएको छ। 

    images
    images
    images

    आधुनिक समाज डेन्टल क्लिनिको आयोजना  र प्राविधिक सहयोगमा  देवदह नगरपालिकाले सो कार्यक्रम गर्न लागेको हो।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर ६ मा अवस्थित युगज्योति माविबाट सुरु भएको सो कार्यक्रम देवदह नगरपलिकाका सबै सरकारी विद्यालयमा चल्ने कार्यक्रम संयोजक माधव सापकोटाले बताए। 

    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख धुर्व प्रसाद खरेलले विद्यार्थी आफू स्वस्थ नरहिकन शिक्षा आर्जन गर्न नसकिने बताउँदै शरीर स्वास्थ्य र मुख स्वस्थ्य सम्बन्धि जानकारी हुन सबैमा आवस्यक रहेको बताए।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ले आफुहरुले स्वास्थ्यको कार्यक्रमहरुलाइ नगरपालिकाको नीति तथा कार्यक्रममा पनि समाबेश गरि जनताहरुको स्वस्थ्य अवस्थालाइ राम्रो बनाउन आफुहरु सधै लागीपरेको बताइन ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आफुले पहिलेका पालिकाहरुमा पनि यो कार्यक्रम आयोजना गरेको र यो कार्यक्रम लाभदायक भएको बताए।

    कार्यक्रममा आधुनिक समाज डेन्टलका संचालक अमृत भुषालले मुस्कान नै मानिस को सबैथोक भएको र हामिले आफ्नो शरीर सङ्गै मुख पनि स्वस्थ राखन आवस्यक रहेको बताए। 

    देवदह नगरपालिकाका स्वास्थ्य शाखा ल्रमुख काशिनाथ बन्जाडेले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै एचबि परिक्षणले बिद्यार्थीमा भएको हेमोग्लोबिनको मात्र र अवस्था पत्ता लगाएर बिद्यार्थीको स्वास्थ्य स्थिती बारे जान्न यो कार्यक्रम आयोजना गरिएको बताए।

    कार्यक्रम युगज्योती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।