Logo

२०८३, कार्तिक २६गते


images
images

देवदह नगरपालिकाले नगर अस्पताल उद्घाटन गर्ने, ११ सदस्यीय संचालक समिति गठन

देवदह नगरपालिकाले नगर अस्पताल उद्घाटन गर्ने, ११ सदस्यीय संचालक समिति गठन

images
  • देवदह नगरपालिकाले नगर अस्पताल उद्घाटन गर्ने, ११ सदस्यीय संचालक समिति गठन
    images

    देवदह । देवदह नगरपालिकाले नगरको गौरवको रुपमा रहेको देवद नगर अस्पताल असोज १० गते उद्घाटन गर्ने भएको छ । शुक्रबार सम्पन्न नगरकार्यपालिकाको १३२ औं  वैठकले १० शैयाको नगर अस्पताल उद्घाटन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    साउन ३० गतेको कार्यपालिका बैठकले नगर अस्पताल संचालनको लागि आवश्यक पुर्वधार तयारी अन्तिम अवस्थामा रहेकोले १० बेडको नगर अस्पताल संचालन गर्ने निर्णय सर्वसम्मत गरेकोले शुक्रबारको कार्यपालिका बैठकले असोज १० गते अस्पतालको उद्घाटन गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले बताए । 

    images
    images
    images

    सोही विषयमा कुरा गर्दै नगरप्रमुख धुर्ब प्रसाद खरेलले अस्पताल संचालनका लागि देवदहका राजनीतिक दल समेत सहमत र उत्साहित रहेको बताए । नगरप्रमुख खरेलले देवदहका जनताको स्वास्थ्य संबेदनसिलता जोडिएको विषय भएकोले अस्पताल संचालनलाई बजेटमा पनि महत्त्व दिईएको बताए । 

    images
    images

     
    साथै नगर अस्पताल संचालनका लागि कार्यपालिकाले संचालन तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको छ  । गठन गरिएको ११ सदस्यीय समितिमा नगर प्रमुख धुर्ब प्रसाद खरेल संयोजक, उपप्रमुख विद्यालक्ष्मी गुरुङ सह-संयोजक रहेका छन् भने सदस्यमा प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल, नगर प्रवक्ता गणेश डुम्रे, सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं. ८ का अध्यक्ष हरि पाण्डे, वडा नं. १० का अध्यक्ष यक बहादुर सुनार, वडा नं. ११ का अध्यक्ष दुधनाथ यादब तथा कार्यपालिका सदस्यहरू रुपा ढुंगाना र लक्ष्मी विक रहेका छन् ।


    हेर्नुहोस् नगरकार्यपालिकाको १३२ औं कार्यपालिका वैठकले गरेका निर्णयहरु (जस्ताको तस्तै)

    १. देवदह नगरपालिकाको १३२ औ कार्यपालिका बैठक सप्पन्न   भएको छ। नगर प्रमुख धुर्व प्रसाद खरेल ज्युको अध्यक्षतामा सप्पन्न बैठकले देवदहकै गौरवको रुपमा रहेको देवदह नगर अस्पताल यहि असोज १० गते उदघाटन गर्ने निर्णय गरेको छ। बैठकले ११ सदस्यीय नगर अस्पताल संचालन तथा ब्यवस्थापन समिती गठन गर्ने निर्णय गरेको छ।

    २. साथै जिल्ला समन्वयन समितिको नदि जन्य पदार्थ सम्बन्धि निर्णय सम्बन्धमा छलफल गरि  अबैधानिक स्टकको हकमा प्राप्त कागजातहरु आवश्यक निर्णयका लागि जिल्ला समन्वय कार्यलय रुपन्देहीमा पेश गर्ने निर्णय गरेको छ।

    ३.  देवदह नगरपालिका कार्यक्षेत्र भित्र लाग्ने साप्ताहि हाट बजारहरुको राजस्व संकलन सम्बन्धमा  पुन ठेक्का बन्दोबस्त गर्ने निर्णय गरेको छ।

    ४.  बैठकले लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण रणनीति २०७८ स्वीकृत , देवदह नगरपालिका उपप्रमुख सङ महिला कार्यक्रम संचालन कार्यबिधी २०७६ संसोधन गर्ने निर्णय गरेको छ।

    ५.  देवदह नगरपालिकाको कार्यक्षेत्रभित्र रहेको मुख्य सडकको  (हाइवे) ८२ फुट भित्र रहेको ठेला, ब्यापारी एब ब्यवसायीहरु सङ नगरपालिकाले छलफल गरि उक्त  पसल, निर्माण सामाग्री  लगायतका संरचना हटाउनको लागि १५ दिने सूचना जारी गर्ने। उक्त सडक केही समय भित्रनै बुटवल नारायण सडक आयोजनाले निर्माण बिस्तार गर्ने क्रममा रहेको, चाडपर्वमा सडकमा भिडभाड, सडकनै कुरुप र दुर्घटनाको जोखिम रहेको हुँदा सम्पुर्ण ब्यावसायीलाई विनम्रताका साथ सडक खालि गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

    ६.  सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्रगत एक देखि ब्राह वडा सम्मका १७५ लाभग्राहीहरुलाई सम्झौता अनुरुप पहिलो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको छ।


    ७.  देवदह नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।