Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

अब अत्याधुनिक भवनबाट देवदह नगर अस्पतालको सेवा

अब अत्याधुनिक भवनबाट देवदह नगर अस्पतालको सेवा

images
  • अब अत्याधुनिक भवनबाट देवदह नगर अस्पतालको सेवा
    images
    images

    देवदह । देवदह नगर अस्पतालले नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । ६ करोड ७५ लाख रुपैंया लागतमा मा निर्मित अस्तापलको भवन मंगलवार एक कार्यक्रमका बीच देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । 

    images
    images
    images

    नगरपालिकाले विगत केही बर्षदेखि सानो भवनबाट १५ शैयाको अस्पताल सञ्चालन गर्दै आएको थियो । २०७९ साल असारमा सम्पन्न गर्नेगरी ठेक्का लगाएपनि ठेकेदारको लार्पावाहीका कारण भवनले समयमै पूर्णतामा नपाएका कारण नयाँ भवनबाट सेवा सुचारु गर्ने प्रकृयामा ढिलाई भएको थियो । 

    images
    images
    images

    नगर अस्पतालमा हाल ५ जना डाक्टर सहित २४ जना कर्मचारीहरु कार्यरत रहेको नगरपालिकाले जनाएको छ । रुपन्देहीमा नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल देवदह पहिलो भएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images
    Nagar aspatal naya bhawan udghatan.jpeg

    अस्पताल भवन उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खरेलले नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने गरी नगर अस्पताल सञ्चालन गरिएको बताए । उनले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको जनाउँदै नगर अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापनमा चुनौती रहेको उल्लेख गरे ।

    आमनागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनको लागि नगर अस्पतालमा स्वास्थ्य विमाको पहिलो विन्दु समेत स्थापना गरेको छ ।’ नगर प्रमुख खरेलले भने, ‘स्वस्थ समाज निर्माणको लागि समेत स्वास्थ्य संस्था बलियो हुनुपर्ने भएकाले संरचनामा ध्यान दिइएको हो ।’ 

    सोही अवसरमा बोल्दै पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले नगर अस्पताल व्यवस्थापनमा नगरपालिकाले कन्जुस्याई गर्न नहुनेमा जोड दिए । उनले विकास निर्माणको लागि तीनै तहका सरकार बीच सहकार्य आवश्यक रहेको बताए । उनले नगर अस्पतालमा कार्यरत कर्मचारीहरुले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, प्रहरी उपरिक्षक जनकबहादुर शही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश अधिकारी, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, नेकपा एमालेका केशव भट्टराई, नेपाली कम्यूनिष्ट पार्टीका दीपक न्यौपाने, श्रम संस्कृति पार्टीका जसबहादुर पुन, राप्रपाका झगरीलाल शर्मा, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, पुर्व स्वास्थ्यकर्मी ईश्वरी ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    उक्त अवसरमा नगर अस्पताल निर्माणमा महत्वपूर्ण योगदान पुर्याए वापत पुर्व नगर प्रमुख हिराबहादुर खत्री, पुर्व स्वास्थ्य चौकी अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, रुद्रमान ढकाल लगाएतलाई सम्मान गरिएको थियो । उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र स्वास्थ्य निरीक्षक गिरी तरामुको सञ्चालनमा कार्यक्रम भएको हो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # नगर अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।