देवदह । देवदह नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा बक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले भदौ २९ गते माध्यमिक तह (कक्षा ९-१२) स्तरीय बक्तृत्वकला र आधारभूत तह (कक्षा १-८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माद्वारा जारी सूचनामा माध्यमिक तहमा 'बालमैत्री समाजको आधार- जिम्मेवार परिवार, उत्तरदायी सरकार' शिर्षकमा बकृत्वकला प्रतियोगिता हुनेछ । जसकालागि प्रति विद्यालय १ जना विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ५ हजार र प्रमाणपत्र, तृतीय हुनेलाई नगद ४ हजार र प्रमाणपत्र तथा प्रोत्साहन स्वरुप २ जनालाई नगद र १ हजार ५ सय र प्रमाणपत्र उपलब्ध गराईने पालिकाले जनाएको छ ।
त्यसैगरी आधारभूत तह (कक्षा १-८) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रति विद्यालय कम्तिमा १ छात्रासहित ३/३ जनाको एक समूह रहने र प्रथम हुने समूहलाई नगद १० हजार र प्रमाणपत्र दिईने छ । जसमा द्वितीय पुरस्कार नगद ९ हजार र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ८ हजार र प्रमाणपत्र उपलब्ध गराईनेछ ।
साथै कक्षा १-५ सम्म संचालित विद्यालयबाट सहभागी भई छनोट चरण पार गर्न सफल सबै समूहलाई कुनैपनि स्थान हासिल नगरेको खण्डमा समेत प्रोत्साहन स्वरुप नगद १ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिए ।
कार्यक्रम बिहान १० बजेबाट देवदह ७ स्थित देवदह माध्यमिक विद्यालयमा सुरु हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology