Logo

२०८३, आश्विन ९गते


images
images

करोड बढिमा निर्मित आधुनिक टहरा जसले टुलुटुलु हेर्छन्  हिलाम्य हाटबजार

करोड बढिमा निर्मित आधुनिक टहरा जसले टुलुटुलु हेर्छन्  हिलाम्य हाटबजार

images
  • करोड बढिमा निर्मित आधुनिक टहरा जसले टुलुटुलु हेर्छन्  हिलाम्य हाटबजार
    images
    images

    राहुल देव सापकोटा, देवदह। एक करोड १० लाख लागतमा बनेको हाटबजारका आधुनिक १४४ वटा टहराहरु अझै पनि खाली छन । नजिकै रहेको पुरानो हाट बजार हिलोले छ्ताछुल्ल छ। व्यापार गर्ने व्यापारी र बजार गर्न आउने ग्राहक कतै हिलोमा खुट्टा गाडिन्छ कि भन्दै सजक भएर खुट्टा उचाल्दै बजार प्रवेश गरिरहेका छन् ।

    images
    images
    images

    कुरा हो, रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ मा रहेको सोमबारे हाट बजारको । करिव एक साता अघि सोमबारकै दिन देवदह नगरपालिकाका नगर प्रमुख धुर्व प्रसाद खरेल र उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्ग सहित नगरपालिकाको टोलिले उक्त सोमबारे हाट बजारको नयाँ टहरा उद्घाटन गर्यो । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिव १ करोड १० लाख लागतमा निर्मित १४४ टहरामा बजार बसेको कल्पना सहित बजार क्षेत्र पुगेका अधिकांशले सधैं झै हिलोले छताछुल्ल भएको बजारकै भ्रमण गरेर फर्किन बाध्य छन् ।

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै ग्राहकहरू नाम र प्रचारका लागि मात्रै टहरा उद्घाटन गरिएको रहेछ भन्दै आफुहरू मन अमिलो बनाएर फर्किएको बताएका छन् । 

    images
    images
    images

    हामिले यस सन्दर्भमा देवदह नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीलाइ बुझ्दा उनले बजार व्यवस्थापन समितिले नम्बर लगाउनका लागि र व्यवस्थापन गर्नका लागि हामिलाइ दुई वटा सोमबार दिनु भन्ने आग्रह गरेकाले समय दिइएको बताए। 
     
    यसै सन्दर्भमा हामिले बजार व्यवस्थापन समितिका अध्यक्ष मनिराम भण्डारीलाई बजार पुरानै टहरामा संचालन गर्ने भए किन उद्घाटन गरेको भनेर प्रश्न गर्दा निर्माण गरिएको टहरा क्षेत्रमा अझै केही खाल्डा हरु पुर्न बाँकी रहेकाले आफुहरुले नगरपालिका सङ्ग सो क्षेत्रको व्यवस्थापनका लागि दुई हप्ता समय मागेको बताए। विशेष गरि चाडपर्वको समय पनि रहेकाले व्यापारीहरु सबै नयाँ टहरामा नअटाउने र सबै व्यवस्थापन नहुदासम्म पुरानै टहरामा बस्न खोजेको उनले बताए। 

    यसरी हिलाम्य भएको क्षेत्रमा कति समयसम्म बजार गर्नुहुन्छ र नयाँ आधुनिक भनिएको टहरामा कहिले बजार सुरुवात हुन्छ भन्ने हाम्रो प्रश्नमा अध्यक्ष भण्डारीले भने- "बाटो त नयाँ टहरामा पनि यस्तै हिलोनै हुने हो । यसको पनि व्यवस्थापन गर्न हामिले स्थानिय सरकारलाइ आग्रह गरेकाछौँ ।"

    व्यवस्थापन हुनु राम्रो हो । तर, उद्धाटन नै भैसकेको संरचनाको नम्बरिङ्ग लगायतका काम उद्धाटन अघि नै गर्न सकेको भए, दुई हप्ता अघिनै आधुनिक टहराबाट ग्राहकले सामान खरिद गर्न सक्ने थिए । अझै पनि दुई हप्ता नै कुर्नुपर्छ भन्ने छैन । फटाफट काम गरेर जतिसक्दो छिटो हाटबजारलाई हिलो र धुलोबाट आधुनिक टहरामा सार्ने तर्फ हाटबजार व्यवसायी संघका पदाधिकारीको ध्यान पुग्नु जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।