Logo

२०८३, श्रावण २७गते


images
images

विद्यालयले टेरेन वडालाई, सूचनाको हक प्रयोग गर्दापनि दिएन सूचना, अनियमितताको आशंका

विद्यालयले टेरेन वडालाई, सूचनाको हक प्रयोग गर्दापनि दिएन सूचना, अनियमितताको आशंका

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयले टेरेन वडालाई, सूचनाको हक प्रयोग गर्दापनि दिएन सूचना, अनियमितताको आशंका
    images
    images

    सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीको एक वडा कार्यालयलाई विद्यालयले नटेरेपछि सुचना माग्न सुचनाको हक नै प्रयोग गर्न परेको छ । घटना जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर २ को हो। रामग्राम नगरपालिका वडा २ को वडा कार्यालयले अध्ययन प्रयोजनका लागि वडामा संचालित पवन माविसंग मौखिक रुपमा विभिन्न सुचना माग गरिरहदा विद्यालयले नटेरेपछि सुचनाको हक प्रयोग गरि चिठी नै काटन परेको वडा अध्यक्ष निरज रौनियारले बताएका छन् ।

    images
    images
    images

    वडा अध्यक्ष रौनियारले भने, "पटक पटक विद्यालयसंग मौखिक रुपमा सुचना माग गर्दै आएपनि विद्यालयले चाँसो नदेखाएपछि सुचनाको हक सम्बन्धि २०६४ को दफा ३ नै प्रयोग गरि यहि श्रावण २ गतेको मितिमा सुचना मागेको पनि आज करिब १ महिना हुन लाग्दा पनि अझैसम्म वडालाई विद्यालयले सुचना दिएको छैन।"
     
    पवन माध्यमिक विद्यालयमा ४ कोठे २ तल्ले भवन निर्माणमा अनियमितता भएको स्थानियले आरोप लगाएपछि वडा अध्यक्ष निरज रौनियारले सो विषयमा जाँचबुझ गर्नका लागि २०७४ देखि ०७७ सम्मको विद्यालय व्यवस्थापन समितिको निर्णय, भवन सम्बन्धित टेण्डर प्रकृया र भवन निर्माणको खर्च बिल भरपाई तथा ईस्टिमेटहरु माग गरेका थिए । तर हालसम्म विद्यालयले वडा कार्यालयलाई नै अटेरी गर्दै उक्त विषयका सुचनाहरु उपलब्ध नगराएपछि विद्यालय विरुद्ध अब सुचना आयोगमा उजुरी दिने वडा अध्यक्ष रौनियारले बताएका छन् । 

    images
    images
    images

    यता भवन निर्माण समितिका संयोजक बिन्द्रेस हरिजनले पनि विद्यालयले अझैसम्म भवन निर्माणमा कति खर्चहरु भयो सो विषयमा हामीलाई पनि कुनै जानकारी नदिएको गुनासो पोखेका छन् । उनले भने, "भवन निर्माणका लागि करिब ३६ लाख रुपैया बजेट आएको थियो । भवन निर्माण समितिले कोटेशन आव्हान गरि एक फर्मसंग सम्झौता गरि काम शुरु गर्यो । तर केहि दिनपछि उक्त फर्मले सामानहरुको मुल्य बढयो, घाटा लाग्दै छ भनि काम गर्न ईन्कार गरेपछि विद्यालयले मलार्ई 'माईनस' गर्दै त्यो सम्झौता रद्द गरि सामानहरु खरिद गर्यो ।"

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।