नवलपरासी । पश्चिम नवलपरासीकोे सुनवल स्थित वडा नम्बर ५ हर्दियामा रहेको एक गर्मेन्ट उद्योगमा आगलागी हुदा करिब ८० लाख बरावरको क्षति भएको जनाईएको छ।
विहान करिब ४ बजे तिर बसन्त क्षेत्रीले संन्चालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मेन्टमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । रामग्राम र बर्दघाट नगरपालिकाको दमकलले ईलाका प्रहरी कार्यालय सुनवल र स्थानियको सहयोगमा २ घण्टा लगाएर आगि नियन्त्रणमा लिएको थियो।
आगलागिबाट मानबिय क्षती भने नभएको तर गार्मन्ट रहेको घर पुणर्रुपमा क्षति हुनुका साथै उद्योगमा रहेका रोल कपडा,तयारी कपडा,सिलाई मेशिन नष्ट हुनुका साथै फर्निचर र नजिकै रहेको २ वटा पक्की घरमा समेत क्षति भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बिष्णु पौडेलले जानकारी दिए ।
बिद्युतको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology