Logo

२०८३, श्रावण २७गते


images
images

पश्चिम नवलपरासीकोे बेलासपुरमा भएको झडपका २ घाईतेको अवस्था गम्भिर

पश्चिम नवलपरासीकोे बेलासपुरमा भएको झडपका २ घाईतेको अवस्था गम्भिर

images
  • पश्चिम नवलपरासीकोे बेलासपुरमा भएको झडपका २ घाईतेको अवस्था गम्भिर
    images
    images

    परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूह बीच झडप हुँदा २१ जना घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइते मध्ये केटा पक्षका विजय धवल र बैजनाथ प्रसाद लोनियाको अवस्था गम्भीर छ । दुबैजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक कवार्ड गोदाममा आगजनी समेत भएको छ । 

    images
    images
    images

    सोमवार बेलुकी केटा पक्ष र केटी पक्ष बीच भएको झडपमा केटा पक्षको समूहले केटी पक्षका आफन्त मोहरम पवरियाको बेलासपुर स्थित कवार्ड गोदाममा आगजनी गरेका हुन् । आगजनी बाट गोदाम पूर्ण रूपमा जलेर नष्ट भएको छ भने केटी पक्षको घरमा पनि क्षति पुगेको छ ।

    images
    images
    images

    झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको थियो । दुई पक्ष बीचको झडपमा परी नेपाल प्रहरीका १२ जना, सशस्त्र प्रहरीका ४ जना र स्थानीयवासी ५ जना गरी २१ जना घाईते भएका छन् । उनीहरूको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

    आगजनीमा संलग्न चार महिला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बेलासपुरमा अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि बर्दघाट र रामग्राम नगरपालिकाबाट दमकल मगाइएको थियो ।

    धोबी थरका एक युवक र मुस्लिम समुदायकी युवती बीचको प्रेम सम्बन्धका कारण विवाद सुरु भएको स्थानीयले बताएका छन् । 
     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।