Logo

२०८३, श्रावण २७गते


images
images

सेवा प्रवाह

सेवा प्रवाहलाई गति दिन पश्चिम नवलपरासीमा ‘स्थानीय तहमा प्रशासन–जनप्रतिनिधि’ अभियान

सेवा प्रवाहलाई गति दिन पश्चिम नवलपरासीमा ‘स्थानीय तहमा प्रशासन–जनप्रतिनिधि’ अभियान

images
  • सेवा प्रवाहलाई गति दिन पश्चिम नवलपरासीमा ‘स्थानीय तहमा प्रशासन–जनप्रतिनिधि’ अभियान
    images
    images

    परासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सरकारी सेवालाई थप प्रभावकारी, झन्झटमुक्त र जनमुखी बनाउन ‘स्थानीय तहमा प्रशासन–जनप्रतिनिधि’ विशेष कार्यको थालनी गरेको छ । जिल्लाका सातवटै पालिकामा पुगेर सेवा प्रवाहको अवस्था बुझ्ने र सुधार गर्ने लक्ष्यका साथ सुस्ता गाउँपालिकाबाट अभियान सुरुवात गरिएको हो ।

    images
    images
    images

    आम नागरिकलाई प्रदान गरिने सरकारी सेवालाई चुस्त दुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहितको टोली र सुरक्षा निकायका प्रमुखहरू प्रत्यक्ष रूपमा पालिकासम्म पुग्न थालेका छन् । अभियान अन्तर्गत जनप्रतिनिधि र कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरी सेवाग्राहीका गुनासा सुन्ने र तत्काल समाधानका लागि निर्देशन दिने कार्य हुने छ ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाको सेवा प्रवाहलाई व्यवस्थित बनाउन जनप्रतिनिधि, प्रशासन र सेवाग्राहीसँग छुट्टाछुट्टै सुझाव संकलन गरिरहेका छन् । ‘यस किसिमको प्रयासले जिल्लाका सरकारी कार्यालयहरूमा पछिल्लो समय सेवा प्रवाहमा क्रमिक सुधार र चुस्तता देखिन थालेको छ ।’ सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले भने, ‘यो कार्यक्रमले स्थानीय सरकार र जिल्ला प्रशासनबीचको समन्वयलाई नयाँ उचाइमा पुर्‍याएको छ । नागरिकता, राहदानी र घटना दर्ता जस्ता आधारभूत सेवा लिन अब नागरिकले अनावश्यक सास्ती भोग्नु पर्दैन । प्रशासन र जनप्रतिनिधि एकै ठाउँमा बसेर समस्याको पहिचान गर्दा सेवा प्रवाहमा देखिएका कानुनी र व्यावहारिक अड्चन फुकाउन सहज भएको छ ।’

    images
    images
    images

    परिचयपत्र र नागरिकता बनाउने प्रक्रियालाई वडास्तरसम्मै सहज बनाउने, घटना दर्ता, जन्म, मृत्यु, विवाह र बसाइँसराइ दर्तालाई प्रविधिमैत्री र छिटो बनाउने, राहदानी सिफारिस र वितरण प्रक्रियामा सहजीकरण गर्ने लगायतका छन्  ।

    जिल्ला प्रशासन कायलय आयोजक र सुस्ता गाउँपालिका सह–आयोजक रहेको यो कार्य अब जिल्लाका अन्य पालिकाहरूमा पनि क्रमशः विस्तार गरिने जनाइएको छ । यसले सर्वसाधारणलाई जिल्ला प्रशासनबाट प्राप्त हुने सेवाहरूबारे सही जानकारी दिने मात्र नभई, ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारालाई प्रशासनिक रूपमा समेत कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।