Logo

२०८३, श्रावण २७गते


images
images

त्रिवेणी तीर्थ गरी भारत फर्किदा महेशपुरमा बस दुर्घटना

त्रिवेणी तीर्थ गरी भारत फर्किदा महेशपुरमा बस दुर्घटना

images
  • सेतोमसी सहकर्मी
  • त्रिवेणी तीर्थ गरी भारत फर्किदा महेशपुरमा बस दुर्घटना
    images
    images

    ज्ञानेश्वर सहानी,नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस पल्टिदा ४ जना घाम्भिर घाइते सहित ४५ जना घाइते भएका छन्। 

    images
    images
    images

    आज करीब ११:३० बजेको समयमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड न. १ झरहीखोला नजिकै रमपुरवा स्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेका यात्रुहरु लिइ आउदै गरेको UP16 FT 7466 नं. को भारतिय बसको स्टेरिङ फेल भई आफै अनियन्त्रित भई पल्टिएको छ ।

    images
    images
    images

    बाटो देखी करीब १० मिटर तल खोलामा पल्टिन जांदा बसमा सवार करिब ६०/६५ जना मध्ये ४५ जना भारतीय तिर्थालुहरु घाइते भई उपचारको लागि जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    images
    images
    images

    घाइते उद्धाका लागि उक्त स्थानमा इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चांपागाईको कमाण्डमा ट्राफिक सहित १५ जना र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट ११ जनाको टोली खटिगएको छ ।

    दुर्घटना हुँदा पनि बाटो अवरोध नभएको, बस घटनास्थलमै रहेको,बस चालक घाईते रहेको,अन्य बस यात्रुहरुलाई गन्तब्य तर्फ पठाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिएका छन्।

    अस्पतालमा आएका घाइतेहरूमध्ये एक जनाको टाउकोमा गम्भीर चोट रहेको अन्य घाइतेहरूको सामान्य अवस्थामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पश्चिम नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।