Logo

२०८३, श्रावण २७गते


images
images

पश्चिम नवलपरासीमा ५ जना स्वतन्त्र सहित ६ जनाको उम्मेदवारी फिर्ता

पश्चिम नवलपरासीमा ५ जना स्वतन्त्र सहित ६ जनाको उम्मेदवारी फिर्ता

images
  • पश्चिम नवलपरासीमा ५ जना स्वतन्त्र सहित ६ जनाको उम्मेदवारी फिर्ता
    images
    images

    सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीमा ५ जना स्वतन्त्र सहित ६ जनाले उम्मेद्धारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागी नेकपा एमाले बाट उम्मेद्धारी दिनुभएकि सिन्धु जलेसा बुढाथोकिले उम्मेद्धारी फिर्ता लिनुभएको छ । 

    images
    images
    images

    बाँकि फिर्ता लिने पाँच जना स्वतन्त्र उम्मेद्धार छन् । जसमध्य प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट स्वतन्त्रबाट उम्मेद्धारी दिनुभएका संघ तर्फ गिरीस बहादुर चौधरी, टेक बहादुर बुढाथोकी रहनुभएको छ । 

    images
    images
    images

    त्यस्तै २ मा संघ तर्फ स्वतन्त्रबाट उम्मेद्वारी दिनुभएका भेष बहादुर खरालले उम्मेद्धारी फिर्ता लिनुभएको छ । साथै प्रदेश अन्र्तगत स्वतन्त्र तर्फ १ को क मा कुमारी धरिकार र १ को ख मा गुलाबी कुमारी धरिकारले उममेद्वारी फिर्ता लिनुभएको छ । 

    images
    images
    images

    यसैक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्धारी दिनुभएकि बुढाथोकिले आफु पार्टीको एक बफादार सिपाही भएको भन्दै एमाले केन्द्रको निर्देशन अनुसार आफुले उम्मेद्धारी फिर्ता लिएको बताईन् । 

    क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागी एमालेले जनता प्रगतिशिल पार्टि जप्रपाका अध्यक्ष हृदयस त्रिपाठीलाई सर्मथन गर्ने भएको छ । चुनाव चिन्हमा कुरा नमिल्दा यस अगाडी त्रिपाठीसंग चुनावी तालमेल हुन नसकेपनि अन्तिम समयमा त्रिपाठीलाई एमालेको सर्मथन प्राप्त गर्नुभएको छ । 

    अब प्रतिनिधि सभामा नेपाली काग्रेसका विनोद चौधरी र जप्रपाका त्रिपाठी बिच प्रतिस्पर्धा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पश्चिम नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।