परासी । पश्चिम नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनवल न.पा १३ बडेरा बस्ने ३२ वर्र्षीय चिरन्जीवी काफ्लेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका काफ्लेको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जानएको छ ।
आज बिहान करिब साढे दस बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ तिलकपुर स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले दक्षिण तर्फ मोड्ने क्रममा सोही दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उपचारको क्रममा मुत्यु भएको डिएसपी पाण्डेले जानकारी दिए ।
दुर्घटनामा संलग्न टिप्पर,मोटरसाइकल र टिप्पर चालक नवलपरासी प्रतापपुर ७ बस्ने ३४ वर्षीय माधव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दघाटको प्रहरी टोलि र ट्राफिक समेतको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology