Logo

२०८३, कार्तिक १५गते


images
images

समाचार

बारामा स्थानीय र प्रहरीबीच झडप, एक जनालाई गोली लागेको दाबी

बारामा स्थानीय र प्रहरीबीच झडप, एक जनालाई गोली लागेको दाबी

images
  • बारामा स्थानीय र प्रहरीबीच झडप, एक जनालाई गोली लागेको दाबी
    images
    images

    बारा । बाराको फेटा गाउँपालिका-३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा विवाद हुदा स्थानीय र प्रहरीबीच झडप भएको छ । 

    images
    images
    images

    विरोधमा स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन् भने प्रहरीको गोली चलाउदा एक जना घाइते भएको दाबि गरिएको छ ।

    images
    images
    images

    भवनमा विद्युत्, खानेपानीलगायतका आधारभूत पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । सोही विषयलाई लिएर विवाद भएपछि कार्यक्रममा गोली चलेको बताइएको छ ।

    images
    images
    images

    गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको विरोधका बाबजुद जबर्जस्ती भवन उद्घाटन गर्न खोजेपछि विवाद चर्किएको थियो । घटनामा उनकै निर्देशनमा गोली चलेको आरोपसमेत लागेको छ । अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बारा
  • # झडप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।