सुरज श्रेष्ठ । चुनाव नजिकिदै जाँद बारामा हात हतियार सहित २ जना भारतिय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मोतिहारी कुशवाहा लौखान पुर्वी चम्पारणका २३ वर्षिय पप्पु कुमार यादव र भेलवा बजार पूर्वी चम्पारण विहारका २२ वर्षिय खिलेश कुमार सिंह रहेका छन् । उनिहरुको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, म्यागजिन १ लकिङ्ग, राउण्ड २ थान कटुवा पेस्तोल १ थान राउण्ड २ लोडिङ्ग फेला परेको छ ।
सिम्रौनगढ नगरपालिका वडानं. ९ बसवरीया देखी पचरौता जाने बाटोमा वि.आर ०१ सि १३१६१ नम्बरको पैसन प्रो मोटरसाइकलमा सवार दुइ व्यक्ति माथी शंका लागी चेक जाँच गर्दा उनीहरूको कम्मरमा हतियार लुकाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई थप अनुसंधानका लागी इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ । उनिहरुको थप अनुसंधान भईरहेको बाहिनीको टोलीले जानकारी दिएकोछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology