सुरज श्रेष्ठ, बारा । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मृत्यु बारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको छ।
तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बारा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन् । थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरिएको प्रहरी प्रमुख शाहीले बताए ।
थप टोलि प्रदेश प्रहरी कार्यालयबाट आउने क्रममा रहेको उनले जानकारी दिएका छन् ।हाल घटनास्थलमा अनुसन्धानको लागि स्वयं प्रहरी प्रमुख पुगेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी अब्दुल अंसारीको दुई छोरा सोमबार (हिजो) बेलुकादेखि बेपत्ता थिए । उनीहरुको आज बिहान शव मदरशामा भेटिएको थियो । अहिले घटनास्थललाई प्रहरीले सिल गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology